Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो । अन्य दाबेदार भन्दा कोइरालाको उम्मेदवारी बलियो देखिएकोले पार्टीले उनलाई टिकट दिएको बुझिएको छ । कोइराला डा. शेखर कोइराला निकट नेता हुन् ।

Read More

इटहरी – पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपहार स्वरुप राजदण्ड सहितको सुनचाँदी र मोति जडित ‘श्रीपेच’ उपहार प्राप्त भएको छ । इटहरी निवासी कर्ण विश्वकर्माले पूर्व रानी कोमल राज्य लक्ष्मी सहित पूर्व राजाका आफन्त झापा बसाइ पश्चात काठमाडौंमा फर्किने क्रममा चन्द्रगढी एयरपोर्टमा पूर्व राजालाई सरप्राइज स्वरुप ‘श्रीपेच ‘ उपहार दिएका हुन् । विश्वकर्माका अनुसार ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो ।’श्रीपेच ‘ लाई केही ताेला चाँदी केही ताेला सुन र मोतिका माला र हिराले सजाईएको छ। विश्वकर्माले भने ‘ बहुमूल्य रत्न जडित ‘श्रीपेच ‘ सहित ‌राजदण्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना…

Read More

विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साह विराटनगरका पूर्व मेयर हुन् । त्यस्तै उपमेयरमा वविता आचार्यलाई उठाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Read More

काठमाडौं – अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५ सय रुपैयाँ र चाँदी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३सय रुपैयाँले नै घट्दै ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

विराटनगर – प्रहरीले ६ लाख ४१ हजार नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । हिजो (आइतबार) मोरङको ग्रामथान गाउँपालिका-४ कटहराबाट सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका-६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका-२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका-६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान-५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान-४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका छन् । सो स्थानमा एक वर्षदेखि नियमित…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज मध्यान्ह १२ बजे पत्रकार प्रचण्डले सम्मेलन गर्न लागेका हुन् । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे धारणा राख्ने जानाकारी गराइएको छ ।

Read More

काठमाडौं – भक्तपुरमध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी हुँदा करोडौँको सामान जलेर नष्ट भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको बताए ।

Read More

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल भएको छ । दुई दलबीचको लामो छलफलपछि तालमेल गर्ने सहमति भएको हो । मेयर एमाले र उपमेयर राप्रपाले पाउने भएको छ ।सहमति अनुसार एमालेको मेयरका उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने भने उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ । राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ भने अन्य वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो । भरतपुरकाे मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाललाई उम्मेदवार बनाइएको छ भने उपमेयर नेपाली कांग्रेसले पाएको छ ।

Read More

काठमाडौं – गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक…

Read More

काठमाडौं- कञ्चनपुर कांग्रेसले स्थानीय तहका लागि जिल्लाका ९ मध्ये आठ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकाबाहेक अरू सबैमा उम्मेदवार टुङ्गो लागेको छ । कांग्रेसले टुंग्याएको उम्मेदवारको सूची यस्तो छ: दोधारा–चाँदनीमेयरः गोपाल दत्त भट्टउपमेयरः गंगा जोशी भीमदत्त नगरपालिकामेयरः पदम बोगटीउपमेयरः निलम लेखक बेदकोट नगरपालिकामेयरः भोजराज बोहराउपमेयरः तुलसी जोशी शुक्लाफाँटा नगरपालिकामेयरः चिन्तामणी भट्टउपमेयरः कल्पना पन्त कृष्णपुर नगरपालिकामेयरः हेमराज ओझाउपमेयरः द्रोपदी राना पुनर्वास नगरपालिकामेयरः तोयानाथ शार्मउपमेयरः भुलिया राना बेलौरी नगरपालिकामेयर होसियार बिष्टउपमेयरः खिना भण्डारी लालझाँडी गाउँपालिकाअध्यक्षः श्रीकृष्ण रानाउपाध्यक्षः राधा राना बेल्डाँडीः टुंगिन बाँकी

Read More