काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल भएको छ । दुई दलबीचको लामो छलफलपछि तालमेल गर्ने सहमति भएको हो ।
मेयर एमाले र उपमेयर राप्रपाले पाउने भएको छ ।
सहमति अनुसार एमालेको मेयरका उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने भने उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ ।
राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ भने अन्य वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।
भरतपुरकाे मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाललाई उम्मेदवार बनाइएको छ भने उपमेयर नेपाली कांग्रेसले पाएको छ ।
Facebook Comments Box