Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेले ललितपुरको च्यासलमा पार्टी कार्यालय सारेको छ। थापाथलीस्थित कार्यालय साँघुरो भएकाले एमालेले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सारेको हो। शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक सुरूआत गरेका हुन्। एमालेले एक वर्षअघि मात्र थापाथलीमा पार्टी केन्द्रीय कार्यालय राखेको थियो। थापाथलीअघि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमालेको केन्द्रीय कार्यालय थियो।

Read More

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् । यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण (ड्रोन) समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ । ‘उनीहरु अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरुले युक्रेनलाई सहयोग गर्न ‘सकेजति…

Read More

लमजुङ – मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

Read More

जनकपुरधाम – सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् । काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।

Read More

काठमाडौं –सत्ता गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो । जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् । यसअघि जितपुर…

Read More

काठमाडौं — नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरेका छन् । शीतल निवासमा गेब्रेयसस र भण्डारीबिच छलफल भएको हो। त्यसक्रममा भण्डारीले कोरोना भाइरस महामारीका क्रममा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । यस्तै, महानिर्देशक गेब्रेयससले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र गेब्रेयससबीच छलफल भएको हो। उनी बिहीबार भारत हुँदै नेपाल भ्रमणका लागि आएका थिए ।

Read More

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीको राष्ट्रपति भवनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । तस्विरः एफपी

Read More

काठमाडौं – आज विश्व पृथ्वी दिवस हो । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवसको…

Read More

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं– रौतहटमा इटाभट्टामा जिउँदै मान्छे हाली हत्याको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दाको सुनुवाई आज हुने भएको छ । यसअघिको सुनुवाईमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको छ । यसअघि गत वैशाख २ गते पनि सुनुवाई रहेको उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । विगत लामोसमयदेखि सुनुवाको तय भए पनि अहिलेसम्म पनि सो मुद्दा किनारा लाग्न भने सकेको छैन ।

Read More