Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेका हुन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । बैठकपछि पाँच दलले संयुक्त विज्ञप्ती जारी गर्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरूको कठिनाई हटाउदै…

Read More

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म ८४ गुणा बढि आवेदन परेको छ । संस्थाले गत चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ । संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो । संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्…

Read More

काठमाडौं – निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो । मुद्दाको पक्ष पूर्व डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् । विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् । रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । उनले ९ चैतमा रिट सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कामु प्रधानन्यायाधीश दीपककुमार…

Read More

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो । साथै बैठकले प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरेको थियो । गठबन्धनको…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजदेखि देशव्यापी घरदैलो अभियान सुरु गर्दैछ । ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर जनजागरण सुरु गर्दैछ । राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत रहेर अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ८०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

भक्तपुर – भक्तपुरको बिस्का जात्राका क्रममा ढुङ्गा हानाहान भएको छ । सो झडपमा २० जनाभन्दा बढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झै झगडा हुँदा २० जना घाइतेभएका हुन् । जात्राको क्रममा राति पौने ९ बजेबाट ढुङ्गा हानाहान भएको थियो । जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्छन्। यो क्रममा राति झै झगडा भएको हो। भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्ने छ ।

Read More

बनियानी – झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले…

Read More

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक बस्न लागेको हो । स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने तयारी गरेका छन्। आज बिहान बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो। हिजो बसेको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक…

Read More

धनगढी – कैलालीमा एक महिलाले धारीलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । डीएसपी जोशीका अनुसार आज (सोमबार) बिहान मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् इलाका प्रहरी कार्यालय पण्डौनमा उपस्थित भएपछि घटनाबारे थाहा भएको हो । फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Read More