काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म ८४ गुणा बढि आवेदन परेको छ ।
संस्थाले गत चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ । संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो ।
संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सीडीएससीका अनुसार सोबार बिहान सवा १० बजेसम्म यो आईपीओमा १६ लाख २९ हजार ७६९ आवेदकबाट १ करोड ८६ लाख ५४ हजार २६० कित्ता सेयर माग भएको छ । यो मागभन्दा ८४.३५ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । यो आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । आवेदन यही चैत २९ गतेसम्म दिन पाइनेछ ।