Author: महेन्द्रनगर पोष्ट

धनगढी : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियालाई प्रदेश प्रमुख शेरचनले स्वागत गरेका थिए । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मिया लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए । भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । भेटमा सुदूरपश्चिम…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल,नेपालमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर सहायक हवल्दारद्वय महेन्द्र लामा र सञ्जय बलको ज्यान गएको हो । नुवाकोटको ककनीस्थित युएन तालिम शिक्षालयमा सेमु हतियार तालिममा तालिमरत उनीहरुको हिजो मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सशस्त्रका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए । हिजो दिउँसो सवा ३ बजे मोटरसाइकलमा शिक्षालयतर्फ फकिँदै गरेका उनीहरु काठमाडौंको तारकेश्वर नगरपालिका ३, तीनपिप्लेनेर दुर्घटनामा परेका थिए । उनीहरु सवार मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खसेको थियो । गम्भीर घाइते भएका उनीहरुलाई तत्काल बालाजुस्थित सिल्भर लाइन अस्पताल पुर्याइएको र उपचारका क्रममा महेन्द्रको सोही अस्पतालमा मृत्यु भएको हो । यता,सञ्जयलाई थप उपचारका…

Read More

काठमाडौं : जोखिमपूर्ण क्षेत्रमा सडक निर्माण खटिएका सैनिकका लागि दैनिक भत्ता दिन रक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । कठिन भौगोलिक क्षेत्रमा खटिएका सैनिकका लागि पहिले दैनिक प्रोत्साहन भत्ताको व्यवस्था भए पनि २०७८ सालमा खारेज भएको थियो । तर कठिन ठाउँमा सडक निर्माणका ज्यानै जोखिममा राखेर काम गर्नुपर्ने भएकाले दैनिक भत्ताका लागि प्रस्ताव गरिएको रक्षामन्त्री हरि उप्रेतीले बताए । उनका अनुसार कतिपय अवस्थामा सडक निर्माणमा खटिएका सैनिकको झरेर पनि मृत्यु भएकाले त्यस्तो भत्ता मानवीय हिसाबले पनि काट्न मिल्दैन भन्ने निष्कर्षसहित फेरि सुरु गर्न पहल गरिएको हो । मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार प्रतिदिन दुई सय रुपैयाँ भत्ता दिन प्रस्ताव…

Read More

धनगढी : धनगढीको एक ग्यारेजले मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुले बिक्री गरेको पाइएको छ। सुर्खेतबाट मर्मतका लागि ल्याइएको बा १९ च ७४२१ नम्बरको फचुनर गाडी ग्यारेजबाटै साहुले बिक्री गरेको पाइएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएको उक्त गाडी संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ। सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले ट्रेडर्सका सञ्चालक देव कुमारी गतौंला, सञ्चालक कृतन गतौंला, म्यानेजर नविन चौधरी, मिस्त्री मनु अन्सारीमाथि ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरेका हुन्। सुर्खेत प्रहरीले म्यानेजर चौधरी र मिस्त्री अन्सारीलाई पक्राउ गरेको छ। तर, संचालक देवकुमारी…

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही घर भएका २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जैसवला, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय रामु गिरी, २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँ घर भएका २९ वर्षीय सजल श्रेष्ठ रहेका छन् । वूल्फ ७७७ अनलाइन क्यासिनो साइटबाट जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार उनीहरूलाई विभिन्न मितिमा काठमाडौँ र रुपन्देहीबाट पक्राउ गरिएकोहो । उनीहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमार्फत पठाई अनलाइन…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन) को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ । शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन् । शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो । एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ । सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी…

Read More

धनगढी : कञ्चनपुरमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–४ का २५ वर्षीय लक्ष्मण रेग्मीको शनिवार साँझ मृत्यु भएको हो। उनको बेदकोट नगरपालिका–६ अवस्थित बछेला खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। डुबेर बेपत्ता भएका रेग्मीलाई प्रहरी चौकी सुडा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारेको हो।

Read More

धनगढी : सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । विशेषगरी सिंहदरबारभित्र नै अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा भएको हो । केही सहसचिवहरुलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ । प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको विभिन्न सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् । नेपाल ट्रस्टको कार्यालयका सहसचिव झलकराम अधिकारीलाई आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेश खटाएको छ । हेर्नुस् सूची !

Read More

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि सञ्चालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायब निरीक्षक २१ जना र प्रहरी सहायक…

Read More

धनगढीः डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जना पक्राउ परेका छन्। ठगी सम्वन्धि मुद्दामा निर्माण व्यवसायी संघका उप–महासचिव शिव खड्का र चेत खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई तीनदिन अघि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनीहरु विरुद्ध सम्पत्तिको अपराधिक दुरुपयोग अर्थात ठगीको मुद्दा परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Read More