Author: महेन्द्रनगर पोष्ट

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताउनुभयो । चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको…

Read More

काठमाडौं- प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा एसपी पराजुली, शिभम पुरी र सञ्जीव रोकाहा, महासचिवमा डा भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, धु्रवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन हुनुभएको छ । अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभयो । अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । रासस

Read More

कैलाली- कञ्चनपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसले गठबन्धन दलसंगै चुनावी तालमेल नगरि एक्लै चुनाव लड्ने निर्णय गरेको छ । प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो । स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरेको क्षेत्रीय सचिव विसराम रानाले बताए । कोही पनि गठबन्धनको पक्षमा नदेखिएकाले एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको उनले बताए । सचिव राना र सभापति गोपी प्रसाद उपाध्यायद्वारा जारी गरिएको बिज्ञप्तिमा पनि गठबन्धन नगर्न अनुरोध गरिएको छ । क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह पर्छ । बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका,…

Read More

काठमाडौं- सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । जसमध्ये १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन् । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ । त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन् । चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने अवसर…

Read More

काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले तीन महिनामा हालसम्मकै धेरै आम्दानी गर्न सफल भएको छ । कम्पनीले सन् २०१८ पछि पहिलो पटक धेरै आम्दानी गरेको हो । बिहीबार सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदनबारे यसबारे जानकारी दिएको छ । जसअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि हुने देखिएको छ । यसको कारण मेमोरी चिप तथा स्मार्टफोनलाई लिइएको छ । सामसङ हाल विश्वकै सबैभन्दा ठूला मोबाइल तथा मेमोरी चिप निर्माता कम्पनीको रुपमा रहेको छ । कम्पनीका अनुसार सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीको नाफा ११‍।६ अर्ब अमेरिकी डलर ९१४ खर्ब १३ अर्ब रूपैयाँ बढी० रहेको छ । कम्पनीको आम्दानी…

Read More

वीरगञ्ज- पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । रासस

Read More

काठमाडौं- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने छ जना स्रष्टालाई सम्मान र पुुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित समारोहमा यस वर्षको राष्ट्रिय कलाश्री सम्मानबाट विशिष्ट साहित्यसाधक प्ररशु प्रधान सम्मानित हुनुभएको छ । वरिष्ठ साहित्यकार मञ्जु काँचुलीलाई रु एक लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरियो । कवि एवं अनुवादक केशव सिग्देललाई रु ७५ हजार राशिसहितको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार तथा साहित्यिक पत्रकार धीरेन्द्र प्रेमर्षिलाई रु ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ललितकलाका साधक मूर्तिकार ओम केसीलाई रु ६० हजार राशिसहितको थिरछायाँ राष्ट्रिय कलाश्री…

Read More

सुर्खेत- कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा/सुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोल्पा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रबार (आज)देखि अन्त्य हुने भएको छ । प्रदेश मन्त्रिपरिषको बिहीवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले चालु नवौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । यस्तै, मन्त्रीपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको आन्तरिक भ्रमण (कार्यक्रम सञ्चालन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । उनका अनुसार सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने गरी स्थान तोकेको छ भने गामी वर्ष २०७९ सालमा दिइने सार्वजनिक विदाहरु पनि अनुमोदन गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश…

Read More

काठमाडौं- द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न नसकेको ठहर गरेको छ । सम्मेलनले सङ्मणकालीन न्याय प्रक्रियामा पुनरावलोकन गरी आजसम्म प्राप्त अनुभव तथा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त एवं अन्तर्राष्ट्रिय मूल्य, मान्यता र मापदण्डसमेतका आधारमा समयसीमा र स्पष्ट कार्ययोजनासहितको सङ्क्रमणकालीन न्याय प्रक्रिया लागू गर्न अपिल गरेको छ । द्वन्द्वपीडितले मानवअधिकारका गम्भीर उल्लङ्घन तथा ज्यादतिमा क्षमादान, माफी र मेलमिलाप नहुने सुनिश्चततासहित पीडित समुदाय एवं सरोकारवालासँगको अर्थपूर्ण परामर्श,…

Read More