Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा आपसी सहयोगको अभिवृद्धिमा उन्नतस्तरको सहमति भएको हो । यो सहमतिसँगै अब नेपालको बिजुलीको बजार विदेशी छिमेकी बजारमा प्रवेश गर्न पाउनेछ । त्यसैले यो सहमतिलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ‘ब्रेक थ्रू’ का रुपमा पनि व्याख्या गरेका छन् । यदि कार्यान्वयनमा आउन सक्यो भने यो सहमति हाम्रा लागि सार्क फ्रेमवर्क र बिम्स्टेकको घोषणाभन्दा पनि माथिल्लो स्तरको छ । नेपालले अब बजार केन्द्रित भई…

Read More

महत्तोरी- मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन…

Read More

कञ्चनपुर-भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भारत नेपालको सम्वन्ध रोटी बेटीको रहेको बताएका छन्। अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिको टोलीबीच सोमबार भएको भेटघाटमा मुख्यमन्त्री धामीले सो कुरा बताएका हुन्। मुख्यमन्त्री धामीको दहरादुनस्थित आफ्नै निवासमा अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिको टोलीबीच भेटघाटका क्रममा मुख्यमन्त्री धामीले नेपाल भारतबीच देखिएको सीमा विवाद मिलाउन संकल्प प्रस्ताव गरेका छन्। मुख्यमन्त्री धामीले यो विशेषताले पुस्ताको आपसी सम्बन्ध र दुई देशको सम्बन्धलाई बलियो बनाउने बताए। टोली र मुख्यमन्त्री धामीबीच शुभकामना आदान प्रदानका साथै सौहार्दपूर्ण भेटघाट भएको टोलीले बताएको छ। अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको…

Read More

काठमाडौं- निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसंग छलफल र्दैछ । छलफलका लागि दलहरुलाई बिहान साढे ११ बजे बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन । उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ…

Read More

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग ९पात्रो० लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो । यही सातासम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ । सरकारले आफैँ पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो । सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ ।…

Read More

काठमाडौं- गत असार र साउनमा बाढीले क्षति पुगेपछि अवरुद्ध भएको मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो । यसअघि आयोजनाले यही महिना अर्थात् चैत भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने जनाएको थियो । हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख विष्णुदेव पौडेलले खासगरी बाढीको प्रभाव आयोजनाको टनेल (पानी पठाउने सुरुङ) र हेडवर्क्समा…

Read More

विराटनगर- हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । प्रदेश नं १ सरकारका नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले पाँचथरका डा पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य हुनुहुन्थ्यो । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यस्तै…

Read More

कञ्चनपुर- कञ्चनपुर सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् । स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । “चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौँ”, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म यहाँ चान्देउ–बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।” उहाँले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका…

Read More

इलाम- फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीमा आत्मसमर्पण गरेकी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ। फाकफोकथुम(१ का कृष्णबहादुर खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर मुक्का प्रहार गरेको आरोप छ। फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद बढेको थियो। आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आएकी…

Read More

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज थप सदस्य मनोनित गर्नुभएको हो । समितिको सदस्यमा धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका केन्द्रीय सदस्य नृपबहादुर वड सहितका नेताहरु समेटिनुभएको छ । समितिमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित हुनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद…

Read More