Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल इतिहासकै कठिन ढंगबाट चलिरहेको बताएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताएका हुन् । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उनले २०४६ पछि नेपाल कांग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको समेत आरोप लगाएका छन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो ? भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा…

Read More

धनगढी – कैलालीमा पनि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । चुनावी तालमेलका लागि गठबन्धन दलहरुले शुक्रबार कार्यदल गठन गरेका छन् । नेकपा एकीकृत समाजबादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको पाँच दलीय सत्ता गठबन्धन दलबीचको बैठकले चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ । गठबन्धन दलको बैठकले चुनावी तालमेलका लागि प्रक्रिया सुरु गर्न पाँच सदस्य कार्यदल गठन गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । कार्यदलमा नेकपा (एकीकृत समाजबादी)का तर्फबाट सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दीर्घ सोडारी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेकपा माओबादीका नेता हरिक ज्ञवाली ‘अखण्ड’ जनताका समाजबादीका नेता होरिलाल चौधरी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ६६९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । यस्तै, महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरेकी छिन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए । उनको प्यानल नै पराजित भएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।” मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दुवै पक्षलाई आवश्यक छ ।” कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गर्नुभयो ।

Read More

काठमाडौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउँदै मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्। उनले आयातभन्दा पनि उत्पादन वृद्धि गरेर उचित वितरणमा लाग्नुपर्ने धारणा राखे। मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे। बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपाले विभिन्न जिल्लाहरूमा सभा गरेपश्चात् काठमाडौंमा आमसभा आयोजना गरेको हो । पार्टीबाट हालै पूर्व अध्यक्ष कमल थापा बाहिरिएपछि पार्टीमा नयाँ रक्तसञ्चार गराउन अध्यक्ष लिङदेन प्रयासरत छन् । विचार मिल्ने अन्य दल र समूहहरूसँग एकता प्रयास गरिरहेको छ । राजतन्त्रको वकालत गर्ने पहिलो पार्टी राप्रपाले आजको आमसभामा पनि राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई एजेन्डा बनाएको छ । सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्दै छन् ।

Read More

काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी भएका छन् । गत शनिबार सम्पन्न निर्वाचनमा घिमिरे नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील पेशागत समाबेशी कानुन व्यवसायी समूहको प्यानलले नै जित हात पारेको हो । भर्खरै सम्पन्न मतगणनामा घिमिरेले प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका विष्णुमणि अधिकारीको प्यानललाई पराजित गर्दै घिमिरेको प्यानल नै विजयी भएको हो । बुधबारदेिख सुरू भएको मतगणना भर्खरै सम्पन्न भएकोले औपचारिक घोषणाको तयारी गरिँदैरहेको मतगणनामा सरिक एक सहभागीले बताए । महासचिवमा अन्जिता खनाल विजयी भएकी छिन् ।चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा बारको मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य…

Read More

काठमाडौं – सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गरेका विभिन्न २३ वटा निर्णय सार्वजनिक गरेका छन ।उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेकोदेखि २० देशमा राजदूत सिफारिस भएको, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरिएको जानकारी दिएका छन। श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको पनि कार्कीले जानकारी दिए ।

Read More

काठमाडौं – मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरीसमेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ । एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती…

Read More