काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपाले विभिन्न जिल्लाहरूमा सभा गरेपश्चात् काठमाडौंमा आमसभा आयोजना गरेको हो ।
पार्टीबाट हालै पूर्व अध्यक्ष कमल थापा बाहिरिएपछि पार्टीमा नयाँ रक्तसञ्चार गराउन अध्यक्ष लिङदेन प्रयासरत छन् । विचार मिल्ने अन्य दल र समूहहरूसँग एकता प्रयास गरिरहेको छ ।
राजतन्त्रको वकालत गर्ने पहिलो पार्टी राप्रपाले आजको आमसभामा पनि राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई एजेन्डा बनाएको छ । सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्दै छन् ।
Facebook Comments Box