Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-राजधानी काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा फाटफुट वर्षा भइरहेको छ। ‘धादिङ सोलुखुम्बु, काठमाडौंतिर पनि वर्षा भइरहेको छ’, मौसमविद् मानन्धरले बुधबार बिहान नेपालखबरसँग भनिन्। तर वर्षा एकदमै सीमित स्थानमा हल्का, फाटफुट मात्र भइरहेको उनले बताइन्। ‘आज दिनैभरि मौसम बदली हुने र यस्तै क्षणिक, हल्का खालको वर्षा हुन सम्भावना छ’, उनले भनिन्। तर ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको उनले बताइन्। मौसमविद् मानन्धरका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज दिनभर मौसम बदली हुने र देशका बाँकी स्थानमा सामान्यतया मौसम…

Read More

काठमाडौं-बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।  कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म भर्न सकिनेछ। न्यूनतम १०…

Read More

बागलुङ -बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।  निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो। दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको थियो।

Read More

काठमाडौं-प्रहरीले बैकिङ कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४० लाख जरिवाना गरेपछि फरार रहेका स्याङ्जाको आधिखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र रु ४० लाख जरिवाना गरेपछि फरार गुरुङलाई पक्राउ गरिएको जानकारी दिए पक्राउ गुरुङले एभरेष्ट बैंक लिमिटेड गोङ्गबु शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै चेक दिएर बंैकिङ कसुरजन्य अपराध गरेका थिए। अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४…

Read More

काठमाडौं-कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो। गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ। बैठकका निर्णयहरू १. नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय…

Read More

काठमाडाैं – युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ । कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पुर्‍याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिएकी छन् । अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो । उनले भनिन्, ‘दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपालीकै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरूको भाषण…

Read More

कैलाली-धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ। धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबार भवनको सिलन्यास गरेका हुन। भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको थियो। भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए। भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुने गरेको हो। सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग…

Read More

कञ्चनपुर -कञ्चनपुरमा माछा मार्न गएका युवकको नालामा डुबेर मृत्यु भएको छ। बेलौरी नगरपालिका–६ स्थित नकैया नालामा डुबेर स्थानीय ३८ वर्षीय रामदास रानाको मृत्यु भएको हो।उनी माछा मार्ने क्रममा नालामा खसेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Read More

कञ्चनपुर -कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबार देखि जग्गा नापीको काम सुरु गरेको छ। नगरपालिकाको – ४ मालुबेलाबाट नापीको कार्य सुरु गरीएको हो। एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना र नगरप्रमुख कर्ण बहादुर हमालले नापी कार्यको सुरुवात गरे। नगरप्रमुख हमाललको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आयोगका जिल्ला अध्यक्ष ढुंगाना रहेका थिए । कार्यक्रममा उपप्रमुख रमिता राना, वडा नम्बर ४ का वडाध्यक्ष तेज बहादुर रावल, वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Read More

काठमाडौं -कर्मचारी भर्नासम्बन्धि परीक्षाको परिणाम हेरफेर गरी भ्रष्टाचार गरेको अभियोगमा त्रिभुवन विश्वबिद्यालयका एक प्राध्यापक र दुई सहप्राध्याकपहसति ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोेगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रा डा टेकनाथ ढकाल, सहप्राध्यापकद्वय केशव घिमिरे र राजेश्वर न्यौपाने, सह प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्ने शाखाका प्रमुख परशुराम कोइराला र बच्चुराम पाण्डेविरुद्ध मुद्दा दायर भएको हो। २०७३ साल फागुन १८ गते प्रकाशित कर्मचारी भर्नाको परीक्षामा अनियमितता भएको हो । परीक्षामा उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उनीहरुले आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्त गरेको आयोगको आरोप छ।

Read More