कञ्चनपुर –कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबार देखि जग्गा नापीको काम सुरु गरेको छ। नगरपालिकाको – ४ मालुबेलाबाट नापीको कार्य सुरु गरीएको हो।
एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना र नगरप्रमुख कर्ण बहादुर हमालले नापी कार्यको सुरुवात गरे।
नगरप्रमुख हमाललको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आयोगका जिल्ला अध्यक्ष ढुंगाना रहेका थिए ।
कार्यक्रममा उपप्रमुख रमिता राना, वडा नम्बर ४ का वडाध्यक्ष तेज बहादुर रावल, वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
Facebook Comments Box