काठमाडौं-राजधानी काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा फाटफुट वर्षा भइरहेको छ।
‘धादिङ सोलुखुम्बु, काठमाडौंतिर पनि वर्षा भइरहेको छ’, मौसमविद् मानन्धरले बुधबार बिहान नेपालखबरसँग भनिन्। तर वर्षा एकदमै सीमित स्थानमा हल्का, फाटफुट मात्र भइरहेको उनले बताइन्।
‘आज दिनैभरि मौसम बदली हुने र यस्तै क्षणिक, हल्का खालको वर्षा हुन सम्भावना छ’, उनले भनिन्। तर ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको उनले बताइन्।
मौसमविद् मानन्धरका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज दिनभर मौसम बदली हुने र देशका बाँकी स्थानमा सामान्यतया मौसम सफा रहने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।
Facebook Comments Box