Author: महेन्द्रनगर पोष्ट

ललितपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा आज युवा सङ्घ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।” उहाँले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताउनुभयो । अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गर्नुभयो । उहाँले नेपाल विकसित नहुने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको…

Read More

जुम्ला- जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताउनुभयो । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् । प्रनाउ चन्दले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान…

Read More

खोटाङ- कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ…

Read More

डडेल्धुरा- डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधाथर्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विध्यालयवाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताउनुभयो । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताउनुभयो । परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास…

Read More

अछाम- अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाउँमा बुधबार सेनाको गाडी दुर्घटना भएको हो । डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना सवार गाडी (भ्यान) दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सेनाको गाडी स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो ।

Read More

भक्तपुर- चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ । करिब ३५÷३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ । रासस

Read More

बझाङ- बझाङमा सत्ता गठबन्धन दलले आगामी निर्वाचनका लागि स्थानीय तहको भागबण्डा टुंग्याएको छ । दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको बझाङमा काँग्रेसको भागमा सात स्थानीय तह परेका छन् । काँग्रेसले सात पालिका प्रमुख र ६ पालिकाको उपप्रमुख पाएको छ । माओवादी केन्द्रको भागमा दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख परेका छन् भने एकीकृत समाजबादीको भागमा तीन पालिकाको प्रमुख र दुई पालिकाको उपप्रमुख परेका छन् । नेपाली काँग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेका हुन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ । एकीकृत समाजवादीले तलकोट गाउँपालिका,…

Read More

जलेश्वर – जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो । गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए । उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Read More

काठमाडौं – नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाँण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ । गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । “शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उहाँले भन्नुभयो । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताउनुभयो । राजनीतिक नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो…

Read More

दार्चुला – दार्चुलाको विगट गाउँपालिका अपि हिमालमा एमालेले चुनाब लक्षित घरदैलो अभियान सुरु गरेको छ । स्थानिय चुनाबको मिति नजिकिए संगै एमाले अपि हिमाल गाउँपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको हो ।एमाले अपि हिमालेले गाउँपालिकाका सम्पुर्ण वडाहरुमा घरदैलो अभियान संचालन गरेको नेपकपा एमालेका नेता तथा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिएका छन् । बुधबार आज पहिलो दिन गाउँपालिकाको वडा न २ को पाटु र लिथीबस्तीमा घरदैलो अभियान सुरु गरेको जनाएको छ । यस्तै आज बेलुकी वडा नम्बर २ को सकार हुदैै दैभात सम्मको घरदैलो अभियान संञ्चालन हुने अध्यक्ष मन्यालले जानकारी दिए । अध्यक्ष मन्यालका अनुसार अपि हिमाल गाउँपालिकामा आफुले पाच वर्षेकार्यकाल…

Read More