Author: महेन्द्रनगर पोष्ट

काठमाडौं0 भक्तपुरको बिस्काः जात्रामा रथले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेको प्रहरीले जनाएको छ। रथले किचेर घाइते भएका कसपालको उपचारका क्रममा भक्तपुर अस्पताल मृत्यु भएको हो । जात्रामा अप्रिय घटना भएपनि रथ तान्ने क्रम भने नरोकिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ । दुवै…

Read More

दार्चुला- दार्चुलामा दुई पत्रकार स्थानीय तहको नेतृत्वमा आउनका लागि दौडधुपमा लागेका छन् । जिल्लाका अग्रज पत्रकार हिरासिंह धामी मालिकाजुन गाउँपालिका अध्यक्षको दौडमा लाग्नुभएको छ भने सन्तोष कोट्टारी मार्माको वडाध्यक्षको दौडमा। पत्रकार धामी मालिकार्जुन गाउँपालिका अध्यक्षको लागि सिफारिससमेत भइसक्नु भएको छ । उहाँसँगै एमाले प्रदेश कमिटी सदस्य मोहनसिह धामी, गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी पनि अध्यक्षको दौडमा छन् । धामी पत्रकार महासंघ दार्चुलाका संस्थापक शाखा उपसंयोजकसमेत हुन् । यसैगरि मार्मा गाउँपालिका–६ का घर भएका पत्रकार सन्तोष कोट्टारी पनि वडाध्यक्ष पदका लागि सिफारिस हुनुभएको छ । उनी नेकपा एमालेबाट वडा नम्बर ६ को वडाध्यक्षको लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको हो । प्रेस चौतारी…

Read More

युक्रेन- युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ। ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन। घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ। रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ शहरमा आएका थिए। खार्किभ, कीभ, खेरसोन र…

Read More

मोगादिसु- नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको सोमाली संसद् भवनमा कैयौं राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस÷सिन्ह्वा

Read More

दार्चुला – दार्चुलामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ। यही वैशाख ९ गते शुक्रबारदेखि हुने परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तका अनुसार परीक्षा सञ्चालनका लागि १६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। यो वर्ष भने  ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा पनि नियमिततर्फको परीक्षामा नै  बताइएको छ । विगतमा ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने गरेको भएपनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीको परीक्षा नियमित परीक्षार्थीले जाँच दिने विद्यालयमा नै हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पन्तले जानकारी दिनु भएको छ । जिल्लामा  …

Read More

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक पुनः सुरु भएको छ । गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको हो । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् । यसअघि आज बिहान बसेको बैठकमा दलहरूले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दाबी पेस गरेका थिए । महानगर र उपमहानगरमा दलहरूले…

Read More

काठमाडौँ– सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ । काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल गल्फ टुर २०२१–२०२२ को छैंटौँ संस्करण रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने नेपाल प्रोफेसन्ल गल्फ संघले जनाएको छ । प्रतियोगिता ७२ होलमा खेलाइने छ । जसमा ३६ व्यावसायिक र २० अमेच्यर गरी कुल ५६ खेलाडीको सहभागिता रहने छ । अन्तिम ३६ होलको चरणमा भने उत्कृष्ट २१ व्यावसायिक खेलाडी र व्यावसायिक कटमा पर्न सफल हुने उत्कृष्ट ६ अमेच्यर खेलाडी छनोट हुने छन् । प्रतियोगितामा कुल ५ लाख ४५ हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको छ । उत्कृष्ट प्रतिस्पर्धीमा भुवन नगरकोटी, जयराम श्रेष्ठ,…

Read More

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् । उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन दिएको भन्दै कास्कीमा नेकपा एससँग गठबन्धन नगर्ने बताएका हुन् । ‘गठबन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि नेकपा एसको अस्वभाविक दाबीका कारणले निष्कर्ष…

Read More

काठमाडौं- युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपिछ दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै साेमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी फौजले बम आक्रमण लगायत विभिन्न बाधा उत्पन्न गरेको आरोप पनि लगाइन् । यस्तै पश्चिम युक्रेनको लभिभ शहरमा उद्धार गरेर राखिएका युक्रेनी बसेको होटल नजिकै सोमबार बिहान रुसी मिसाइलद्वारा आक्रमण भएको मेयर एन्ड्री सादभीले बताए । सो आक्रमणले ६ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै आक्रमणमा…

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ जसले औसत भन्दा कमजोर आधार जानाउछ । यसमा बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३०…

Read More