Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – गोविन्द प्रसाद शर्मा (कोइराला)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्। बिहिबार प्रधानमन्त्रीको सिफारिसलाई गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई मन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम नयाँ मन्त्री थपेकी हुन्। यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्रीले सम्हालीरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी छन् ।

Read More

काठमाडौं – नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । बिहीबार अपरान्ह साढे १२ बजेसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे लगायत सवै पदमा सत्ता गठबन्धनको अग्रता रहेको छ । यस समयसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले २२४० मत पाएका छन् भने प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई ११६९ मत प्राप्त भएको छ । अध्यक्षका प्रत्यासी घिमिरे अधिकारीभन्दा १ हजार ७१ मतले अगाडि छन् । त्यसैगरी सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई करिब ६ सय मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले १ हजार ९७५ मत…

Read More

कोलम्बो – श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरु रहेका छन् ।सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेबारी पाएको छ ।

Read More

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र्र बिक्री वितरण भनेको हो । मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र…

Read More

काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने जनाइएको छ ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो । सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षामा उत्तीर्ण भएका ४९ उत्तीर्ण भएका छन् । खुल्लामा ४२ जना उत्तीर्ण भएकामा अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै पुष्पा बानियाँले १ नम्बरमा नाम निकाल्न सफल भएकी छिन् ।

Read More

बुटवल – बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा पुत्ला दहन गरेको हो । २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको भएपनि ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समुदायको अपमान गरेको भन्दै पुत्ला जलाएको उनीहरुले बताएका छन् । बुधबार पुत्ला दहन गर्नुअघि सो समूहले…

Read More

काठमाडौं – प्रेस काउन्सिल नेपालमा पत्रकार ऋषि धमलाले स्पष्टीकरण पत्र बुझाएका छन् । जहाजभित्र बलजफ्ती गरेको भन्दै प्रेस काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण माग गरेपछि उनले हिजो (बुधबार) स्पष्टीकरण पत्र बुझाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर गत आइतबार साँझ काठमाडौँ फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा लाइभ गरेका थिए । उक्त लाइभ प्रसारणमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले बताएको थियो । काउन्सिलका प्रवक्ता दीपक खनालले धमलाबाट स्पष्टीकरणको पत्र काउन्सिलमा आएको बताए…

Read More

काठमाडौँ – निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज र भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘निर्वाचन सुरु हुन करिब-करिब एक महिना बाँकी छ । अब भने आचारसंहिता लागू गर्न ढिलाई गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।’ निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तिब्र पारेका छन् । निर्वाचन आउन करिव एक महिनामात्रै बाकी रहेकाले अब पनि…

Read More

काठमाडौं – विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More