काठमाडौं – विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
Facebook Comments Box