Author: महेन्द्रनगर पोष्ट

दार्चुला- दार्चुलामा राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् । राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ ।प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् । उनीहरूले जनसम्पर्क विस्तार, संगठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् ।यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको जिल्लामा महाकाली नगरपालिकाको निर्वाचन भने निकै पेचिलो…

Read More

काठमाडौं – आज तनहुँ जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाबाट भएको आदेशमा अभिनेता पल शाहलाई पुर्पक्षको निम्ति कारागार पठाउने आदेश भएको छ । उमेर नपुगेकी गायिकालाई वर्षौंसम्म ठाउँ फेरि फेरि बलात्कार गरेको अभियोग लागेका शाहविरुध्दको मुद्दामा भएको थुनछेक बहस आजै अपरान्ह सकिएको हो । जिल्ला अदालत तनहुँमा शाहका १२ जना कानुन व्यवसायीले बहस गरेका थिए । मतियारका रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीका कानुन व्यवसायीहरुले गरेको थुनछेक बहस पनि आजै सकिएर उनीसङ्ग १ लाख धरौटी मागिएको छ । हिजो पीडित पक्षका नौ जना वकिलले बहस गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुध्द १४…

Read More

काठमाडौं – नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा शून्य मृत्यु रहेको छ ।

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकाे मन्त्री आलेका स्वकीय प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमको भोलि शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।…

Read More

काठमाडौं – नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए । पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली रहेका छन् । त्यस्तै बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित कार्यसूचीमा रहेका सबै विषय पारित गर्नुका साथै चैत मसान्तभित्र ६ मापदण्डअनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्नसमेत निर्देशन दिएको छ । स्थानीय तहमा तालमेल गर्ने…

Read More

दार्चुला – दार्चुलामा म्यादी प्रहरीमा आवेदन दिनेको भिड देखिएको छ। जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सात सय ४२ म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । आवेदन खुलेको आज पाचौ दिन सम्म १६सय ५१ जनाले दरखास्त दिएका छन । स्थानीय तह निर्वाचन लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनु भएको छ । म्यादी प्रहरीका लागि आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको उमेरहद तोकिएको छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ्य…

Read More

काठमाडौं – काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना भएको छ ।  दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका छन् । कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च. ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले बताए । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अन्य घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं – नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई उम्मेदवार चयनको आधार बनाइएको छ । साथै वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्ने र जिल्लाले निर्णय गर्ने तय गरिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका…

Read More

काठमाडौं – एलआईसी नेपालले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्व.प्रकाश बहादुर शाहका पत्नी ज्ञानु चन्द शाहलाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले एक कार्यक्रमबीच ५२ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । शाखा कार्यालयका स्व. शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएको कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नो १८ बर्ष लामो एलआईसी आबद्धताको दौरानमा आफुले बीमा गरेको पहिलो बीमितको कोरोना महामारीका कारण मृत्यु भएकोमा आफु अत्यन्त मर्माहत भएको तर एलआईसी नेपालले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्यु दाबी भुक्तानी गरेकोमा धन्यवाद ब्यक्त गरिन् ।

Read More

काठमाडौं – नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ । नेपालमा ६५० एमजीको औषधि हालसम्म उत्पादन भएको छैन । स्वदेशी औषधि उत्पादकले सिटामोल ६५० एमजीमा दर्ता गर्न आवेदन दर्ता गरेका छन् । यस बिषयमा छलफलका लागि औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बिहीबार स्वास्थ्य मन्त्रालयमा बस्दै छ । स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकको विभिन्न ६ एजेण्डामध्ये पहिलोमा सिटामोल ६५० मिलिग्राम (एमजी) मा दर्ता गर्ने उल्लेख छ । नेपालमा प्रयोग भएको ५०० एमजीको सिटामोलले केही बिरामीमा काम नगरेको गुनासो आएको वरिष्ठ चिकित्सक डा. ऋषिकुमार काफ्ले बताउँछन् । ‘शरीरको वजन बढ्दै जाँदा वा रोगको आधारमा हाल प्रयोग भइरहेका सिटामोलको डोज…

Read More