काठमाडौं – एलआईसी नेपालले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्व.प्रकाश बहादुर शाहका पत्नी ज्ञानु चन्द शाहलाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले एक कार्यक्रमबीच ५२ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
शाखा कार्यालयका स्व. शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएको कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नो १८ बर्ष लामो एलआईसी आबद्धताको दौरानमा आफुले बीमा गरेको पहिलो बीमितको कोरोना महामारीका कारण मृत्यु भएकोमा आफु अत्यन्त मर्माहत भएको तर एलआईसी नेपालले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्यु दाबी भुक्तानी गरेकोमा धन्यवाद ब्यक्त गरिन् ।
Facebook Comments Box