Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए । मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिए । भेटमा सो पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन…

Read More

चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए । उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’ शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता…

Read More

काठमाडौं– उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ । अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च २९ का दिन ६२ करोड डलर बराबरको इथेरियम नामक क्रिप्टो चोरी गरेका थिए । यसअघि भिडियो गेम ‘एक्सी इन्फिनिटी’ को कम्प्युटर सञ्जाल ह्याक भएको जनाइएको थियो । ‘एक्सी इन्फिनिटी’ को निर्माता कम्पनी स्काई माभिसले मार्च २९ मा अज्ञात ह्याकरहरुले ६० करोड बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको थियो । सर्वोच्च नेता किम जोङ उनको शासनकालमा उत्तर कोरियाले साइबर आक्रमणमार्फत ठूलो परिमाणमा पैसा संकलन गर्दै आएको बताइन्छ । साइबर आक्रमणबाट चोरी गरेको पैसा उत्तर कोरियाले आफ्नो आणविक तथा…

Read More

कैलाली – जिल्लाको टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको निरीक्षक सिंहले जानकारी दिए ।

Read More

काठमाडाैं – सरकारले सातौं संविधान दिवसको अवसर पारेर नेपाली कलाकारिता क्षेत्रमा विभिन्न योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक अमेरिकी कलाकारसहित २९ कलाकारहरूलाई पदक हस्तान्तरण गरेकी हुन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप मार्फत विभुषित भएका छन्। यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभुषित भएका छन्। प्रबल जनसेवाश्रीबाट अभिनेता अनमोल केसी, प्रकाश सपूत, विष्णु माझी, केकी अधिकारीलगायत विभुषित भएका छन्। कीर्तिमय राष्ट्रदीप१. शम्भुजित बाँस्कोटा, संगीतकार सुप्रबल जनसेवाश्री१. कालीप्रसाद रिजाल, गीतकार२. गौरी मल्ल, कलाकार प्रबल जनसेवाश्रीबाट१. मिलन चाम्स, निर्देशक२. केकी अधिकारी, अभिनेत्री३. अनमोल केसी, अभिनेता४. प्रकाश सपूत, गायक५. रमेश बुढाथोकी, कलाकार६. दीपाश्री निरौला,…

Read More

काठमाडौं – कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुका अनुसार पक्राउ पर्ने ४ जनामा जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरु सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् । उनीहरुको समूहले दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको महाशाखाले जनाएको छ । प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई हिजो (बिहीबार) पक्राउ गरेको…

Read More

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन् । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन् । वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार…

Read More

काठमाडौं – रुसको रक्षा मन्त्रालयले बुधबार भएको विस्फोटमा क्षतिग्रस्त भएको आफ्नो युद्धपोत मोस्कभा डुबेको जनाएको छ । रक्षा मन्त्रालयका अनुसार ब्ल्याक सीमा रहेको रुसी फ्लीटको मुख्य युद्धपोत ‘मोस्क्वा’ क्षतिग्रस्त भएपछि बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्री आँधीका कारण डुबेको हो । चालक दलसहित ५१० यो मिसाइल क्रुजर रूसको सैन्य शक्ति को एक महत्वपूर्ण प्रतीक थियो । यो युद्धपोत युक्रेन विरुद्ध समुद्री आक्रमणको नेतृत्व गरिरहेको थियो । युक्रेनले आफ्ना दुईवटा ‘नेप्च्युन’ मिसाइलले युद्धपोतमा आक्रमण गरेको दाबी गरेको छ । यद्यपी रुसले त्यस्तो कुनै आक्रमणको जानकारी दिएको छैन । उनले यो जहाज आगो लागेपछि डुबेको मात्र बताए । रुसका अनुसार आगलागीका कारण यस युद्धपोतमा राखिएको…

Read More

काठमाडौं  – नेकपा एमालेका केपी शर्मा ओली भोलि शनिबार सर्लाही जाने भएका छन् । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो । सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

Read More

काठमाडौँ – आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो । जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने निर्णय भएको सहभागी एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध…

Read More