Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली चलचित्रका नायक भुवन केसीले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन्। ०७९ वैशाख ३० गते हुने चुनावमा अभिनेता केसी उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका हुन्। पार्टीका अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार बसेको पार्टीको बैठकले काठमाडौंका स्थायी बासिन्दा भुवन केसीलाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। साथै उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरिएको अध्यक्ष नेपालले उल्लेख गरेका छन्।

Read More

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने बेलायतको ‘द हन्ड्रेड’को ड्राफ्टमा बिक्री हुन सकेनन्। न्यूनतम ६० हजार पाउण्ड मूल्य राखेका सन्दिपलाई कुनै पनि क्लवले टिममा अनुबन्ध नगरेका हुन्। अघिल्लो सिजन ओभल इन्भिन्सिबल्समा अनुबन्ध भए पनि अन्तिम समयमा भिसाका कारण खेल्न नपाएका सन्दिपलाई यो पटक कुनै पनि टिमले रूची देखाएनन्। दोस्रो संस्करणका रुपमा रहेको द हन्ड्रेड सन् २०२० मा नै हुने भनिएपछि कोभिडका कारण स्थगित भएको थियो। २०२१ मा प्रतियोगिता हुँदा सन्दिप श्रम स्विकृतीका कारण बेलायत पुगेर क्वारेन्टिन बसे पनि अन्तिममा खेल्न पाएका थिएनन् । यो पटक सन्दिपले विदेशी खेलाडीको कोटामा नाम दर्ता गरेर ड्राफ्टमा परेका थिए। तर मंगलबार भएको…

Read More

कञ्चनपुर- स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेलगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश स्थानीयवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छ। यहाँको नौवटै पालिकामा किसान गहुँ भित्र्याउन व्यस्त छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–४ का राधेश्याम चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा स्थानीयवासी लागेको बताए। “नेताहरु चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्”, चौधरीले भने, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ।” प्रायः सबै दलका जिल्ला तहका नेतासमेत पार्टीले खटाएको क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। यहाँ…

Read More

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ । विसं २०७७ असारमा भूमिगत पहिराका कारण धारापानीको ढाडटोलमा रहेको विद्यालयको २० कोठे भवन, ६ वटा शौचालयमा क्षति पुगेको थियो । ढाँडटोलका ७५ परिवार भूमिगत पहिराको जोखिममा छन् । धारापानीको किमबोटमा…

Read More

तनहुँ- जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Read More

पोखरा- कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो । ‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । नयाँपनका साथ तीन…

Read More

काठमाडौंं- मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार बुधबार तीनवटा प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा दिउँसोतिर आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम आंशिक बदली रहने छ। यस क्रमममा प्रदेश नं १ को पहाडी भेगका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश नं १ को पहाडी…

Read More

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मंगलबार मध्येराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ ।निगमका सहप्रवक्ता पुुस्कर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ । यसैगरी हवाई इन्धन (आन्तरिक) तर्फ ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रिय)…

Read More

काठमाडौं- आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् । पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

Read More

काठमाडौं- निर्वाचन आयोगले मंगबार चुनाव प्रचार प्रसारको समय तोकेको छ । आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ । आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ । यस्तै दलको झण्डा वा चुनाव…

Read More