काठमाडौंं– मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार बुधबार तीनवटा प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा दिउँसोतिर आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम आंशिक बदली रहने छ।
यस क्रमममा प्रदेश नं १ को पहाडी भेगका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश नं १ को पहाडी भेगका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ –प्रदेश नं १ का पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना तथा तराईमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
महाशाखाका अनुसार अहिले (बुधबार बिहान) भने प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म र देशका अन्य स्थानमा आंशिक बदली छ। हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।