Author: महेन्द्रनगर पोष्ट

बझाङ-भाइबुहारीलाई बलात्कार गरेको आरोपमा बझाङमा एकजना पक्राउ परेका छन्। २२ वर्षीया भाइबुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार ४२ वर्षीय जेठाजुलाई पक्राउ गरेको हो। गोपनियताका कारण पीडकपीडित दुवैको नाम भने प्रहरीले गोप्य राखेको छ। १२ चैतको बेलुकी युवतीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापेर जबरजस्तीकरणी गरेको भन्ने पीडितले १३ चैतमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।उजुरीपछि परिचालन गरिएको प्रहरीले टोलीले ती पुरुषलाई केदारस्युँ गाउँपालिका–१, देउरा बजारबाट पक्राउ गरिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। आइतबार नै स्वास्थ परीक्षण गरी युवतीलाई महिला सुरक्षित आवास गृह सेभ हाउसको जिम्मा लगाइएको छ। भाइबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत…

Read More

कैलाली-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कैलालीमा २३ दलले निर्वाचनमा भाग लिने भएका हुन् । निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्लामा २३ दलले निर्वाचनमा भाग लिने बताएका हुन् । यस्तै कञ्चनपुरमा १९,बाजुरामा नौ, बझाङमा सात, डोटीमा नौ, अछाममा १०, दार्चुलामा १०, बैतडीमा १०, डडेल्धुरामा १० दलले निर्वाचनमा भाग लिने भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन…

Read More

काठमाडौं-राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो । बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो।राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद रु ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै द्वितीय हुने दिदीबहिनी कृषि फार्म भक्तपुरकी गीता रिजाललाई नगद रु ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रालि वरीवललाई नगद रु ४० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ।त्यसैगरी चौथो हुने कामना…

Read More

काठमाडौं-मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ। स्थानीय महान्यायाधिवक्ता कार्यालयले एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब साढे दश बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ। उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ। मिकोआक्यान राज्यको लस टिनाजा शहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ। आक्रमणको सूचना पाएपछि अपराध दृश्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारीहरू तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत…

Read More

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी रहने छ। शुक्रबारदेखि सुरु भएको बैठक आज अपरान्ह तीन बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ। बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त राखिरहेका छन्। हिजो तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ। बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारका भौतिक निर्माणका योजना अझै कार्यान्वयनमा गएका छैनन्। १ लाखका योजना पनि वार्षिक कार्यक्रममा समावेश गरेको प्रदेश सरकारले ढिलो गरी मात्र अख्तियारी दिएकाले योजना कार्यान्वयनमा नगएका हुन्। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले ३ योजना मात्र कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, ‘हामीलाई ३ योजनाहरु दिइएको छ। इस्टमेटको काम गर्दैछौं।’ भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका पूर्वाधार कार्यालयहरु, जलस्रोत तथा सिँचाइ डिभिजन, सिँचाइ व्यवस्था कार्यालय, यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय, शहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, भूमिगत जलस्रोत तथा सिँचाइ लगायतका ३० कार्यालयलाई योजना कार्यान्वयनको अख्तियारी दिइएको भौतिक…

Read More

धनुषा -धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरको नहरचौक-बरकुर्वा सडकखण्डमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेहरू चारैजना बालकहरू रहेका छन्। मृत्यु हुने चारैजना सबैला-२ बस्ने बालक रहेका छन्। मृत्यु हुनेमा वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव छन्। दुर्घटनामा सोही वडाका वर्ष १९ का सुरेन्द्र यादव सिकिस्त छन्। सबैलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजकुमार लुइँटेलले दुर्घटना भएको र ५ जनालाई चिन्ताजनक अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको बताए। प्रहरिका अनुसार घटनास्थलमा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल भेटिएको छ।

Read More

काठमाडौं-कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेख्दै यस्तो माग गरेको समाचार राससमार्फत सार्वजनिक भएको थियो। मागबमोजिम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न पत्राचार गरेको हो। नगरपालिकासँगै फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसी र नागेश्वर वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गृहमन्त्री…

Read More

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमन महाशाखाले जनाएको छ । केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलवार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन्। 014DSPDownload

Read More