Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका प्राविधिक मेडिकलतर्फ रिक्त ४ एसएसपीका लागि बढुवा सिफारिस प्रकाशित गरिएको छ। एसएसपीका लागि बढुवा सिफारिस भएकामा एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर रहेका छन्। त्यस्तै प्राविधिकतर्फकै कम्प्युटरमा पनि एसपी श्यामकुमार मण्डल बढुवा सिफारिस भएका छन्।

Read More

काठमाडौं: अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल पौडेल र सफल श्रेष्ठलाई आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतले पौडेल र श्रेष्ठलाई तीन करोड ४२ लाख २२ हजार ८०० रुपैयाँ बिगो र सोही बराबरको जरिवानासमेत तोकेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज सजाय निर्धारण गरेको हो। विशेषले यसअघि कात्तिक १४ गते सुनाएको फैसलामा मुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने निर्णय गरेको थियो। अर्यालको हकमा इजलासले गरेको आदेशमा अनुमान, शंका र मनोगत आधारमा कसुर ठहर गर्न नमिल्ने उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध दायर…

Read More

काठमाडौं: गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ। मन्त्रालयको बुधबार भएको निर्णय अनुसार उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो। जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन्। सरुवा सूचीमा उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तो छ सरुवा

Read More

काठमाडौं: नेपाल प्रहरीकी बदनामित फरार इन्सपेक्टर बिनुकुमारी शाही जोडिएको मुद्दामा एकजना जेल चलान भएका छ। आज बिहीबार ललितपुरस्थित भैंसेपाटी प्रभागमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको मुद्दामा योजनाकार भनिएका ताज इस्लाम जेल चलान भएका हुन्। आज उनलाई जेल चलान गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता/सूचना अधिकारी राम सजिवन महतोले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार जिल्ला अदालत, ललितपुरले बिहीबार थुनछेक आदेश दिदै इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। यस्तै महतोले अन्य तीन जनालाई धरौटी र सामान्य तारेखमा छाड्न भनेको छ। न्यायाधीश टेकराज जोशीको इजलाशले सुष्मा विकसँग २ लाख र भिमादेवी थापासँग एक लाख धरौटी माग गरेको छ। सहायक हवल्दार महेन्द्र हमाललाई…

Read More

धनगढी: कैलालीमा चन्दा आतंक मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय, बौनियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। आज बिहीबार बर्दगाेरिया गाउँपालिकामा पुगेर सहयाेग रसिद देखाएर चन्दा माग्ने क्रममा श्रमिक कम्युनिष्ट पार्टी नेपालका कैलाली संयोजक (अछाम तुर्माखाद गाउपालिका ४ चिसी) घर भएका ३६ वर्षीय तिलक बहादुर बयक र रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष अन्दाजी ३२ का मुक्तिराम गैरेलाई नियन्त्रणमा लिइएको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेकाे भनी गुनासाे आएपछि इलाका प्रहरी कार्यालय बाैनियाकाे टाेलीलाई दुवै जनालाई बिहीबार पक्राउ गरेकाे जानकारी दिए। उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको…

Read More

धनगढी: स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ। यसअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पनि वडाध्यक्षका लागि प्रतिस्पर्धा हुँदै छ। जुन रोचक देखिएको छ। किनकि यहाँ एकै परिवारका दुई सदस्य छुट्टाछुट्टै राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्। सत्तारुढ नेकपा एमालेले वडाध्यक्षमा बहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उनकै भतिजा प्रकाश चन्दलाई। कांग्रेस उम्मेदवार प्रकाश एमाले उम्मेदवार बहादुरका जेठा दाइका छोरा हुन्। आज उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता(कार्यकर्ता चुनावी प्रचारप्रसारमा अन्तिम दिन सक्रिय छन् भने स्वतन्त्र उम्मेदवारले पनि चुनावी एजेन्डा देखाएर मत मागिरहेका छन्। आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। तत्कालीन समयमा सो वडाका अध्यक्ष सवारी दुर्घटनामा बितेका…

Read More

दार्चुला: दार्चुलामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका–८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीवार मृत भेटिएको प्रहरीले जनाएको छ। उनी मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाण्डौँ: गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरेर मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको छ। ‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाई कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरु सेवाग्राहीले…

Read More

धनगढी: कैलालीको चौकीडाँडामा ट्याक्टरको ठक्करबाट जिल्लाको गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधवार साँझ ट्याक्टरको ठक्करबाट बैतडीका नवीन थलालको मृत्यु भएको हो। गोदावरी नगरपालिका–३ का मुनिम चौधरीले चलाएको से २ त ४५२३ नम्बरको ट्याक्टरले से ६ प ९२९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्याक्टरको डक्करबाट बैतडीको डिलासैनी गाउँपालिका–६ का २२ वर्षीय थलाल घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।  ट्याक्टर र चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: सङ्घीय सरकारका दुई मन्त्रीले महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका छन्। रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुलाले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका हुन्। टोलीमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल पनि सहभागी थिए। उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुगेको थियो। सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेको थियो। छाङ्गरुबाट सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। निरीक्षणपछि दार्चुला–तिङकर सडकलाई छुट्टै योजनाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ। भौगोलिक अवस्थाका कारण पनि छुट्टै…

Read More