Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज (बुधबार) बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी पुष्पराम केसी र रामशरण पौडेल थिए । वरीयतामा केसी, अर्का एआईजी पौडेलभन्दा अगाडि थिए । केसीको कार्यकाल भने यही १८ गतेसम्म मात्र हुने छ । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

Read More

राँझा – निर्वाचन आयोगकी आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताएकी छन् । नेपालगन्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका बताइन् । उनले भनिन् ‘निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ । स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ’, उनले भनिन्, ‘निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिन मात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदान स्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आम मतदाताले सहजरुपमा मतदान गर्ने वातावरण…

Read More

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् । बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो । कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए । ‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ । यसमा मेरो विमति छ । मैले…

Read More

काठमाडौं- युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको युक्रेनबाट प्रकाशित हुने समाचार पोर्टल एलबीले जनाएको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् । युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई) का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यम विरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो । रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएको…

Read More

काठमाडौं – विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर ३ लाख घुस रकमसहित पक्राउ परेका छन् । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रधानाध्यापक ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा आज (बुधबार) बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। यमुनामाई गाउँपालिका-४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ । निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीका अनुसार केही दिनमै कालोपत्र गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आइपुग्ने छ…

Read More

काठमाडौँ- नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला १ लाख एक हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन् । नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा देउवाले आग्रह गरेकी हुन् । निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो । तर यो निर्देशनको व्यवस्था नेपालको संविधानको…

Read More

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिने तयारी छ। यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पर्सि वैशाख २ गते शुक्रबार बोलाएको छ। स्थानीय तहको चुनाव आउन अब ३० दिन मात्रै बाँकी…

Read More

काठमाडौं – साल्ट ट्रेडिंङ कर्पोरेसन लिमिटेडको ५५ औं साधारण सभा आज चैत ३० गते बस्दैछ | सभामा २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५% नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ | आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पेश हुनेछ | सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्ने छन् | साधारण सभा बिहान ११ बजेबाट सोल्टी होटल, ताहाचल, काठमाडौंमा सम्पन्न हुनेछ |

Read More