काठमाडौं – विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर ३ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रधानाध्यापक ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा आज (बुधबार) बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
यमुनामाई गाउँपालिका-४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Facebook Comments Box