काठमाडौं – साल्ट ट्रेडिंङ कर्पोरेसन लिमिटेडको ५५ औं साधारण सभा आज चैत ३० गते बस्दैछ |
सभामा २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५% नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ | आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पेश हुनेछ |
सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्ने छन् | साधारण सभा बिहान ११ बजेबाट सोल्टी होटल, ताहाचल, काठमाडौंमा सम्पन्न हुनेछ |
Facebook Comments Box