Author: महेन्द्रनगर पोष्ट

कैलाली – कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो।रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् । सोमबार बिहान सात बजे लु-१ ख-८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप-०१००९-प-३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय रावल घाइते भएका थिए। रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो।

Read More

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले आज (सोमबार)पक्राउ गरेको हो । मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन बरामद गरेको प्रहरीले जनाएको छ । मेहरालाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

Read More

चीन – चीनमा १ सय ३३ यात्रु रहेको विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ । चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै आधिकारिक जानकारी भने उपलब्ध भएको छैन । सिसिटीभीको रिपोर्ट अनुसार दक्षिण पश्चिमी चीनको ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त स्थल नजिकै पहाडमा मुस्लो देखिएको जनाइएको छ ।

Read More

काठमाडौं – प्रहरीको नियन्त्रणमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

Read More

विराटनगर – प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए । शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक महिला प्रहरीको मृत्यु भएको छ । आज (सोमबार) विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ पुगेका प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरेका छन् । भवन शिलान्यास अघि देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए ।

Read More

महेन्द्रनगर – निर्माण व्यवसायी निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलित भएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न माग गरेको छ । ठेक्कापट्टाबाट लिएको काममा मूल्यवृद्धि अनुसार नै लागत स्टिमेट वृद्धि हुनुपर्ने र मूल्य समायोजन नभए निर्माण कार्य रोकेर ‘कन्सट्रक्सन होली डे’ गर्ने संघका अध्यक्ष प्रेमप्रकाश भट्टले जानकारी दिए । मूल्यवृद्धि ह्वात्तै भएपछि सोहीअनुसार निर्माण कार्यको लागत बढाउन व्यवसायीले दबाब दिन थालेका छन् ।

Read More

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन् । एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरे । मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिएका हुन् । स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ ।

Read More

काठमाडौं – अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । उनी सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापन गरेका हुन् । स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय समेत जुटेका थिए । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे । ‘आज हामीले एकदिन, केहीबेर सफाई गरेर सधैंका लागि यो सफल हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो’ हमालले थपे ‘यहाँ…

Read More

पोखरा – पोखरामा रहेका भूमिहीन सुकुम्वासीले महानगरपालिकाले भूमिहीनको समस्या समाधान आयोगलाई असहयोग गरेको भन्दै कार्यालय घेरेका छन् । सोमबार न्यूरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेका छन् । पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्वासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्वासी रहेको प्रारम्भिक अनुमान छ । काजी पोखरीको सुकुम्वासी टोलमा बस्दै आएका रमेश बल्कोटी पटक पटक ध्यानाकर्षण गराउँदासमेत महानगरले अटेर गरेको बताउँछन् । ‘यति समय भयो । धेरै मागपत्र बुझायौँ । भेटेर सल्लाह पनि गर्‍यौँ । हुन्छ भन्छन् तर काम गर्दैनन्,’ उनले भने,…

Read More

एजेन्सी – युक्रेनले मारिउपोल शहर आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी अस्वीकार गरेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शहरलाई आत्मसमर्पण गर्ने वा हतियार बिसाउने सवाल नै नरहेको बताएकी हुन् । यसअघि रुसी फौजका जनरल मिखाइल मिजिन्त्सेभले मस्कोको समयअनुसार सोमबार बिहान ५ बजेभित्र मारिउपोलबाट युक्रेनी फौज र ‘भाडाका विदेशी लडाकु’ ले शहर छाडेर आत्मसमर्पण गर्न अल्टिमेटम दिएका थिए । यसो गरेको खण्डमा शहरमा फसिरहेका मानिसलाई सुरक्षित स्थानमा जान दिने रुसी प्रस्ताव थियो । तर युक्रेनले सो अल्टिमेटमलाई अस्वीकार गरेको छ । हाल रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा ३ लाख भन्दा धेरै मानिसहरू फसिरहेको अनुमान गरिएको छ । यो शहरमा…

Read More