Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो। गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ। बैठकका निर्णयहरू १. नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय…

Read More

काठमाडाैं – युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ । कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पुर्‍याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिएकी छन् । अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो । उनले भनिन्, ‘दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपालीकै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरूको भाषण…

Read More

कैलाली-धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ। धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबार भवनको सिलन्यास गरेका हुन। भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको थियो। भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए। भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुने गरेको हो। सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग…

Read More

कञ्चनपुर -कञ्चनपुरमा माछा मार्न गएका युवकको नालामा डुबेर मृत्यु भएको छ। बेलौरी नगरपालिका–६ स्थित नकैया नालामा डुबेर स्थानीय ३८ वर्षीय रामदास रानाको मृत्यु भएको हो।उनी माछा मार्ने क्रममा नालामा खसेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Read More

कञ्चनपुर -कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबार देखि जग्गा नापीको काम सुरु गरेको छ। नगरपालिकाको – ४ मालुबेलाबाट नापीको कार्य सुरु गरीएको हो। एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना र नगरप्रमुख कर्ण बहादुर हमालले नापी कार्यको सुरुवात गरे। नगरप्रमुख हमाललको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आयोगका जिल्ला अध्यक्ष ढुंगाना रहेका थिए । कार्यक्रममा उपप्रमुख रमिता राना, वडा नम्बर ४ का वडाध्यक्ष तेज बहादुर रावल, वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Read More

काठमाडौं -कर्मचारी भर्नासम्बन्धि परीक्षाको परिणाम हेरफेर गरी भ्रष्टाचार गरेको अभियोगमा त्रिभुवन विश्वबिद्यालयका एक प्राध्यापक र दुई सहप्राध्याकपहसति ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोेगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रा डा टेकनाथ ढकाल, सहप्राध्यापकद्वय केशव घिमिरे र राजेश्वर न्यौपाने, सह प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्ने शाखाका प्रमुख परशुराम कोइराला र बच्चुराम पाण्डेविरुद्ध मुद्दा दायर भएको हो। २०७३ साल फागुन १८ गते प्रकाशित कर्मचारी भर्नाको परीक्षामा अनियमितता भएको हो । परीक्षामा उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उनीहरुले आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्त गरेको आयोगको आरोप छ।

Read More

काठमाडौँ- संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन्।

Read More

दार्चुला-सशस्त्र प्रहरी बल दार्चुलाले भारतसँग सीमा जोडिएका दार्चुलाका सबै नाकामा उच्च निगरानी थालेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दार्चुलाका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल ४४ नम्वर गणका गणपति त्रिभुवन विष्टले बताए। उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए। “मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख विष्टले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ।” सो अन्तर्गत जिल्लामा अहिले लाली, जौलजिवी, दुमलिङ, छाङरु, पुलघाट ,दत्तु क्षेत्रमा रहेको विओपिहरु मर्फत उच्च निगरानी बढाइएको…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा थारु समुदायले असहमति जनाएका छन्। संविधानको मर्म विपरीत कर्मचारी माग गरिएको भन्दै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापन खारेज गर्नसमेत माग गरेका छन्। यसैबीच, सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खोलेको वन रक्षक पदको विज्ञापन खारेज तथा विभिन्न सेवा समूहमा खोलिने विज्ञापनमा २१ प्रतिशत थारु कोटा निर्धारण गरिनु पर्ने माग सहित थारु अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन्। थारु कल्याणकारिणी सभा कैलाली सभापति लाहुराम चौधरीको नेतृत्वमा मंगलबार विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी र सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव रामहरि ज्ञवालीलाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा लोक सेवा आयोगले संविधान विपरित आह्वान गरेको तहविहिन वन…

Read More

डोटी-डोटीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु एक गम्भीर घाइते ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ। जिल्लाको पुविचौकी गाउँपालिका वडा ७ पोखरी गजाडा मा ट्याक्टर दुर्घटना भएको छ।दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका बासुदेव घर भएका ज्ञानेन्द्र चौधरीको मुत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रशासन कार्यलय डोटी ले जनाएको छ।

Read More