Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्‍याउने दाबी गरेका छन्‌ । दोस्रो फाइनान्स फर ग्रोथ अपरेसनले कोभिड१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमहरूलाई…

Read More

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले प्रदेश सरकारवाट जल र ऊर्जालगायत अन्य वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग प्रथमिकतामा रहेको जानकारी दिए। आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विद्युत् प्राधिकरणको सहकार्यमा शतप्रतिशत घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने, विद्युत् खपत बढाउनका लागि न्यून आय भएका व्यक्ति तथा परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने एवं विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउनेजस्ता कार्य गर्ने उनले जानकारी दिए। सो…

Read More

काठमाडौं – मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको छ। यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो ।

Read More

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो विहिबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ- भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ । भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ । छिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ । मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ । चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ । हरेक १५/१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि…

Read More

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बोलाएको बैठक जारी छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भइरहेको बताइएको छ । सो बैठकमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित छन् भने पूर्व महामन्त्री शशांक कोइराला सहभागी भएका छन् ।

Read More

मुग्लिन – मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत–सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मत–सम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

Read More

काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सको ४ औं वार्षिक साधारण सभा आज चैत ११ गते बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने पनि एजेण्डा राखेको छ । सभा दिउँसो ३ बजेबाट अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा सुरु हुनेछ ।

Read More

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं  महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिति भने निश्चित भैसकेको छैन । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भावना न्यून रहेको बताइन्छ । दुई दिनसम्म चल्ने सो सम्मेलनमा संघका महासचिव…

Read More

काठमाडौं – पपुवान्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सतप्रतिशत नतिजा निकालेको छ । आजबाट त्यही पीएनजीविरुद्ध नेपालले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले युवा टोलीलाई मौका दिने भएको छ । पछिल्लो पटक खेलेको एकदिवसीय टिममा रहेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, आसिफ शेख, विनोद भण्डारी, विवेककुमार यादव टिममा छैनन् । उनीहरुको स्थानमा अनिल शाह, सुशन भारी, देव खनाल र गुल्सन झालाई टिममा राखिएको छ । देब पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका हुन् भने अनिलले २०१८ पछि टोलीमा पुनरागमन गरेका छन् । सुशन र गुल्सन झा ओमानमा पनि टोलीमा थिए । बिहीबार राति…

Read More