काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् । नयाँ वर्ष २०७९ सालको अवसरमा बिहीबार एक सुभकामना सन्देश दिंदै शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने धारणा राखेका हुन् ।
भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ ।
‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले आफ्नो सुभकामना सन्देशमा भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’
उनले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्दै शुभकामना दिएका छन् ।
Facebook Comments Box