Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ । कुल १४१ कम्पनीको मूल्य घट्यो भने ४६ को बढ्यो, ६ को स्थिर रह्यो । बैंकिङ ८, विकास बैंक…

Read More

काठमाडौं – नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा नेताहरुको मनोनयन भएको छ । सभापति इन्द्र बानियाँले पार्टीको विधान बमोजिम नेताहरुलाई मनोनयन गरेका हुन् । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तवहादुर प्रजा मकवानपुर, प्रभात तामाङ्ग रसुवा, कल्पना नेपाली नुवाकोट, तिलक प्रसाद रुवाली धादिङ्ग, छिरिङ्ग दोर्जे लामा काठमाडौं रहेका छन् । यस्तै अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेश कुमार वखती ललितपुर, हरिहर अधिकारी काठमाडौं, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवती कुमारी खड्का काठमाण्डौंलाई समेत मनोनित भएका छन् ।

Read More

काठमाडौं – माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् । विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य दलहरूबाट पनि एमालेमा प्रवेश गरेका छन् ।

Read More

काठमाडौं – मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । मन्त्रिपरिषद् बैठक आह्वान गरिएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जानकारी दिइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाए पनि बैठकका एजेन्डाबारे केही जानकारी भने नभइसकेको उनले बताइन् ।

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचनमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने भएकाे छ । आयोगले भर्खरै जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । याे व्यवस्थाले शिक्षालयमा दलगत राजनीतिक हस्तक्षेप रोक्न कडाइ हुने र भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ । निर्वाचन आयोग ऐन २०७३ अनुसार आयोगले यही चैत ३ गते नेपाल राजपत्रमार्फत जारी गरेको चुनाव आचारसंहिता यही चैत १५ गतेदेखि लागू हुँदैछ । आचारसंहिताको परिच्छेद २ को ‘ग’ अनुसार ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय…

Read More

एजेन्सी – टर्कीमा विश्वकै लामो झोलुंगे पुल बनेको छ । यसले अब ५ घण्टाको दुरी केवल ६ मिनेटमै तय हुने भएको हो । यो टर्कीमा युरोपेली र एसियाली तट जोड्ने चौथो पुल हो । राष्ट्रपति तैयप एर्दोगानले टर्कीको डार्डानेल्स सडकमा एशिया र युरोपको बीचमा विशाल झोलुंगे पुलको उद्घाटन गरेका हुन् । यो पुल राष्ट्रपतिको सबैभन्दा विशेष परियोजनामा समावेश थियो । यसलाई कम समय र अधिक लागतमा बनाइएको छ । टर्कीलाई युरोप र एसियाली तटमा जोड्ने यो कानाक्ल पुल टर्की र दक्षिण कोरियाली फर्मको २।५ अर्ब युरो अर्थात २।८ अर्ब डलरको लगानीमा निर्माण गरिएको हो । राष्ट्रपति तैयप एर्दोगानको एके पार्टी पहिलो…

Read More

किभ – रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए । हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ । यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ । युक्रेन युद्धले उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

Read More

दार्चुला – आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो । आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको जिल्ला प्रहरी कार्यालय दार्चुला अगाडी घुइँचो लागेको छ । चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् । म्यादी प्रहरीको आवेदन आज देखि११ गतेसम्म लिइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको देखिएको छ । आजदेखि ११…

Read More

सुर्खेत – माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टलाई निलम्बन गरेका छन् । शाही एक विज्ञप्ति निकाल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य दलका सदस्य मा. ठम्मरबहादुर विष्टले निरन्तर दलको विधानविपरितको अभिव्यक्ति र गतिविधि गर्दै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेपनि दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा फर्कन गरेको निर्देशनको अवज्ञा गरेको हुनाले सदस्यबाट निलम्बन गरेको बताएका छन् । त्यसअघि माओवादी केन्द्रको कर्णाली प्रदेशको गत चैत ३ गते बसेको बैठकले विष्टलाई राजीनामा फिर्ता लिई पार्टीको काममा क्रियाशील रहन निर्देशन दिएको थियो ।

Read More

एजेन्सी – रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिबन्ध लगाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले ‘अपोजिसन प्लाटफर्म–फर लाइफ’ सहितका रुस समर्थित दलका गतिविधिमा प्रतिबन्धको घोषणा गरेका हुन् । ‘अपोजिसन प्लाटफर्म–फर लाइफ’को प्रतिनिधित्व युक्रेनी संसदमा पनि छ । विपक्षी बी लाक, पार्टी अफ शरिया, आवर्स, लेफ्ट ओपोजिसन, युनियन अफ लेफ्ट फोर्स, स्टेट, प्रोग्रेसिभ सोसलिस्ट पार्टी अफ युक्रेन, सोसलिस्ट पार्टी युक्रेन, सोसलिस्ट र भ्लादिमिर साल्डो ब्लोकमाथि प्रतिबन्ध लागेको हो । न्याय मन्त्रालयले प्रतिबन्ध कार्यान्वयका लागि तत्काल काम थाल्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताएका…

Read More