दार्चुला – आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो ।
आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको जिल्ला प्रहरी कार्यालय दार्चुला अगाडी घुइँचो लागेको छ । चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् ।
म्यादी प्रहरीको आवेदन आज देखि११ गतेसम्म लिइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको देखिएको छ । आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबम प्रवक्ता माधव विश्वकर्माले जानकारी दिनुभएको छ।
भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी भएको प्रहरी प्रबतmा विश्वकर्माले जानकारी दिएका छन ।