Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’ आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने । एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी…

Read More

दार्चुला – दार्चुलामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १२२ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा नौ स्थानीय तहका ६१ वटै वडामा कृषि गणना गरिने छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख पदम राज पाण्डेका अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १८ स्थानमा कृषि गणना गरिने भएको छ। सबै भन्दा कम अपि हिमाल गाउँपालिकामा ८ वटा क्षेत्रमा कृषि गणना हुने कार्यालय प्रमुख पाण्डेले जानकारी दिनु भएको छ । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ। गणनाका लागि १३ सुपरीवेक्षक र ५० गणक खटाइने भएको छ। यही चैत २४ गतेसम्म करारमा नियुक्त गरी चैत २५ गतेदेखि उनीहरुलाई तालिम दिइने पाण्डे…

Read More

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्च स्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताएका हुन्। सञ्चारमन्त्री कार्कीले भने– ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ । मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खानलाई तोकेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार भारत भ्रमणका लागि प्रस्थान गरिसकेका छन् ।

Read More

भारत- भारतमा खाना पकाउने ग्यासको मूल्य बढेको छ । प्रतिसिलिन्डर २५० भारतीय रूपैयाँले ग्यासको मूल्य बढेको हो । तर, घरेलु प्रयोजनका सिलिन्डरको मूल्यमा भने कुनै थपघट गरिएको छैन । बढेको मूल्य १९ किलोवाला व्यापारिक सिलिन्डरमा मात्रै लागू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अब व्यापारिक सिलिन्डर दिल्लीमा २५५३ भारूमा पाइनेछ । भारतमा पछिल्लो १० दिन लगातार बढेको पेट्रोल र डिजेलको मूल्यमा भने थपघट गरिएको छैन ।

Read More

काठमाडौं – सरकारले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेका  निर्णय आज (शुक्रबार) सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौँदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए । बैठकले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताएका छन्। आज कांग्रेस काठमाडौं क्षेत्र–१ ले आयोजना गरेको कार्यक्रममा  सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरू पार्टीमा बस्नुको औचित्य नभएको बताएका छन् । उनले कांग्रेसमा बसेर पार्टी कमजोर बनाएर बस्नुभन्दा बाहिरिँदा राम्रो हुने पनि बताए । उनले यसपटक चुनावमा कांग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको एक/एक हिसाब राखिने पनि बताए । नेता सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले र्सिजना गरेर मुलुकको आवश्यकता भएको पनि बताए । संविधान जोगाउन पनि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन रहने उनले बताए । स्थानीय…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गर्न सिफारिस गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको बोर्ड बैठकले हिमालयन बैंकको सञ्चालक समितीलाई कारबाही गर्न सिफारिस गरेको हो । हिमालयन बैंकका सञ्चालकहरु कै कारण बहुप्रतिक्षित बिग मर्जर भाँडिएको निष्कर्षसहित राष्ट्र बैंकले हिमालयन बैंकका सञ्चालकहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।कारबाहीको सिफारिस गरेपनि कस्तो खालको कारबाहीगर्ने बिषयमा भने राष्ट्र बैंकले केही खुलाएको छैन ।

Read More

काठमाडौं – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु…

Read More

काठमाडौं – सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

Read More