Author: महेन्द्रनगर पोष्ट

जाजरकोट – जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ। दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिका खोप अभियान चल्नेछ । सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।

Read More

काठमाडौं । आज शनिबारदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ लागू गरेको हो । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न संघसंस्था र सर्वसाधारण मतदातासमेत अनुशासन र निश्चित सीमामा बस्नुपर्नेछ । आचारसंहिता अनुसार प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि र उच्चपदस्थहरू साथै सबै संघसंस्था तथा सर्वसाधारण नागरिकले समेत निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेछ । प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको बताउनुभयो । समाजवादीको जिल्लाअन्तर्गतका…

Read More

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही ९चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको…

Read More

सिन्धुपाल्चोक- सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गर्नुभएको छ ।शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उहाँले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिनुभएको हो । तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयोे ।कोभिड–१९ को महामारीपछि बन्द भएर हाल सञ्चालन रहे पनि तातोपानीलगायत अन्य नाकाबाट आवतजावत सामान्य बन्न सकेको छैन । बैठकमा उहाँले दुई देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याउन सङ्घीय संसद्,…

Read More

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि आचारसंहिता लागू गरको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि राजनीतिक दलसहित सबै संघ–संथा र आमनागरिकले पालना गर्नुपर्छ । आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न पाइने छैन । राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरनजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न वा प्रदर्शन गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ । कुनै व्यक्तिको चरित्र हत्या हुनेगरी निर्वाचन…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विभागले जनाएको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको…

Read More

काठमाडौं- आज चैते दशैँ मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन…

Read More

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल हुने संकेत गरेका छन्। एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट अलग भएर नयाँ दल गठन गरेका थापाले एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्न पनि तयार रहेको बताएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन्। एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ दल गठन गरेका…

Read More

सोलुखुम्बु- सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् । यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भ¥याङ प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो । दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण…

Read More