Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको चौकीडाँडामा ट्याक्टरको ठक्करबाट जिल्लाको गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधवार साँझ ट्याक्टरको ठक्करबाट बैतडीका नवीन थलालको मृत्यु भएको हो। गोदावरी नगरपालिका–३ का मुनिम चौधरीले चलाएको से २ त ४५२३ नम्बरको ट्याक्टरले से ६ प ९२९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्याक्टरको डक्करबाट बैतडीको डिलासैनी गाउँपालिका–६ का २२ वर्षीय थलाल घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।  ट्याक्टर र चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: सङ्घीय सरकारका दुई मन्त्रीले महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका छन्। रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुलाले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका हुन्। टोलीमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल पनि सहभागी थिए। उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुगेको थियो। सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेको थियो। छाङ्गरुबाट सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। निरीक्षणपछि दार्चुला–तिङकर सडकलाई छुट्टै योजनाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ। भौगोलिक अवस्थाका कारण पनि छुट्टै…

Read More

धनगढी: कैलालीमा प्रहरीले भन्सार छली गरेर अवैध रुपमा ल्याइएको ६ लाख बराबरको तस्करीको सामान बरामद गरेको छ। धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर भारतबाट ल्याएको ६ लाख दुई हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनकाअनुसार धनगढी उपमहानगरपालिकाको आदर्श चोक र त्रिवेणीघाटबाट ३२ हजार ७५० रुपैयाँ बराबरको माछा, चिनी, प्याज र किरानाका सामान बरामद गरिएको छ भने गोदावरी नगरपालिका–३ को चौकीडाँडाबाट अन्दाजी दुई लाख ३१ ह्जार ८०० बराबरको कपडा बरामद गरिएको छ। यस्तै, कैलारी गाउँपालिका–५ को मनिकापुरबाट एक लाख ९५ हजार ५ सय बराबरको ईनभटर, ब्याट्री, कपडा र…

Read More

धनगढी: बाजुराको उपचुनावले गर्दा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम कमिटी दुई धारमा विभाजित देखिएको छ। जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले नेकपा (एकीकृत समाजवादी)लाई समर्थन गर्न निर्देशन दिएको छ। जबकी एक धारले एमालेलाई समर्थन गर्ने भन्दै त्यहाँका स्थानीय नेता प्रचारमै खटिएका थिए। त्यहाँ पनि स्थानीय तहमा सहमति गरेर एमाले र माओवादी पार्टीले तालमेल गरेका थिए। तर यता माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज गिरिराजमणि पोखरेलले भने एमालेलाई समर्थन नगर्न भन्दै लिखित रुपमा निर्देशन दिएका छन्। उनले एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न निर्देशन दिएका हुन्। ‘उपनिर्वाचनमा माआृवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट…

Read More

काठमाडौं: नेपाल प्रहरीमा अस्तिमात्र डीआईजी सिफारिसको काम सकियो। लामो राजनीतिक रस्साकस्सीबीच डीआईजीमा बढुवा सिफारिस गरिएको हो। सो सिफारिसपछि प्रहरी प्रधान कार्यालयले अब अन्य रिक्त रहेका पदमा बढुवाको तयारी एवं गृहकार्य थालेको छ। स्रोतका अनुसार रिक्त रहेको एसएसपीको बढुवा केही सातामै निकालिने छ। यद्यपि त्यसको गृहकार्य भने अहिले नै थालिएको छ। अन्य कुरा यथावत रहेमा ढिलोमा अर्को साताको अन्तिमतिर एसएसपी बढुवा गर्ने तयारी छ। यस्तै एसएसपीपछि एसपी र डीएसपीमा पनि बढुवाको तयारी थालिएको छ। प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीको दरबन्दी रिक्त छ। रिक्त पदमा प्रहरी प्रधान कार्यालय नक्सालले बढुवाको गृहकार्य थालेको हो। बढुवाको गृहकार्य थालिएपछि अहिले बढुवाको…

Read More

धनगढी: रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको आज बाट धनगढीमा विक्रि वितरण शुरु गरिएको छ। धनगढीका लागि आधिकारिक वितरक भुमि अटो हव प्रालीले आज (बुधवार) बाट औपचारिक रुपमा क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले आज देशव्यापी रुपमा एकैसाथ क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको हो। ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ। सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ। यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत…

Read More

काठमाडौं: नेपाल प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डिआईजी)मा पदोन्नति भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई आज दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।  डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. सञ्जिता दाहाललाई दर्ज्यानी चिन्ह लगाइएको हो। गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयबाट उनीहरु एसएसपीबाट डिआईजीमा बढुवा भएका हुन्।  समारोहमा आईजीपी कुँवरले बढुवा भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्याएको योगदानको प्रशंसा पनि गरे।

Read More

धनगढी: गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो भएको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो भएको हो। २९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ। डडेल्धुराबाहेक सुदूरपश्चिमको कञ्चनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ। कञ्चनपुर आठौं स्थानमा छ। यस्तै दार्चुला १९, डोटी २७, बझाङ ४२, कैलाली ४७, बाजुरा ५४, अछाम ५८, बैतडी प्रशासन ६३ औं स्थानमा छन्। कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार मूल्याङ्कन गरिएको हो।

Read More

बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा प्रतिबद्ध तीन परियोजनाको सुभारम्भ भएको छ । आइतबार गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको अध्यक्षतामा प्रतिबद्ध तीन परियोजनाको सुभारम्भ गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन निड, सामुदायिक आत्म निर्भर केन्द्र र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले पालिकाको विपद जोखीम न्युनिकरण तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । परियोजनाको सुभारम्भ बैठ्कमा पालिाकामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू र जोखिम न्यूनिकरणका बारे छलफल भएको थियो। छलफलमा पालिकाका प्रमुख जोखीमहरु पहिरो, बाढी तथा चट्याङलाई न्युनिकरण गर्न सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने सरोकारवालाहरुको धारणा रहेको थियो । साथै, पालिको पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले गर्ने…

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन्। मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन्। कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको थियो। अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ। गृह मन्त्रालयको सचिवालय स्रोतले भन्यो, ‘दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाइएको छ।’

Read More