Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – तीनदिने नेपाल भ्रमणका लागि हिजो शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले आज शीर्ष नेतासँग भेटबार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्।नेपाल सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठाएको थियो। सँगै उनको स्वागतका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा पुगेका थिए । विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्।वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् । ‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतीय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीबाट देशको मुहार फेर्न सकिन्न’ भट्टराईले भने ।

Read More

काठमाडौं – अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको ७ लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ ।

Read More

काठमाडौं – तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ । उनको शुक्रबार कुनै औपचारिक कार्यक्रम रहेको छैन । चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने छन् । त्यहाँ उनले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । शनिबार विहान हाइकिङको लागि उनी शिवपुरी पुग्नेछन् । हाइकिङबाट फर्केपछि विहान १० बजे…

Read More

दार्चुला – नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले नेपाली कांग्रेसले संविधान बचाएर लोकतान्त्रिक बाटोबाटै निर्वाचनमा भाग लिने बताउनु भएको छ । शुक्रबार आसन्न स्थानीय तहको चुनावलाई लक्षित गदै दार्चुला पुग्नु भएका सुदरपश्चिम प्रदेश सभापति बलायरले दार्चुलामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कांग्रेसले निर्वाचन वहिष्कार नगर्ने र संविधानमा टेकेर निर्वाचनमा जाने बताउनु भएको हो । उहाँले मुलुकलाई विग्रह र हिंसाबाट जोगाउनु नै राजनैतिक दलहरुको प्रमुख दायित्व हुनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख नै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको जिकिर गदै कांग्रेसले सबिधानको संरक्षण गरेको दाबी गरेका छन । केपि ओलीको असंबैधानिक कदमको कांग्रेसले सँधै…

Read More

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको विदाई गरिएको छ । १४ महिना दार्चुला बसाई पछि उनी आज विदाई भएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण लामो समयको लकडाउनमा नागरिकहरूलाई सूसुचीत बनाउने कार्यमा खटिएका उनले दार्चुला बसाइको क्रममा विभिन्न घटनामा आफु सक्रिय भएर लागेको बताएका छन् । उनले १४ महिना दार्चुला बसाइका क्रममा चोरीका घटनाहरु देखि लिएर बालविबाह लागु औषधका व्यतिmहरुलाई पक्राउन सफल भएका बताएका छन । बिदाई कार्यक्रममा बोल्दै उनले बसाईको १४ महिनाको अवधिमा नागरिकहरुले प्रश्न उठाउने कुनै पनि काम हुन नदिएको र शान्ति सुरक्षालाई मजबुद्ध बनाउने हाम्रो कर्तव्य हो पनि धेरै…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेकोे दाबी गरेका छन्। काठमाडौँमा आज भएको बृहत् महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिएको बताएका हुन् । अध्यक्ष नेपालले एकल महिला, अपाङ्ता भएकालगायतलाई भत्ता दिने काम आफ्नो पालामा भएको पनि दाबी गरे । उनले महिला हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै यसविरुद्ध खबरदारी र सचेत गराउने काम पार्टीले गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, कार्यक्रममा बोल्दै उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको जनाए । आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने र विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्का उपस्थित थियो । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

Read More

काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १२ जना र एन्टिजेन परीक्षणबाट ६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर २ हजार ८२२ र १ हजार ५२० एन्टिजेन गरी ४ हजार ३४२ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २७१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९६० रहेको छ।

Read More

काठमाडौं – नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । केन्द्रीय समितिको बैठक सुरु हुनु अघि देखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

Read More