झापा– अवैधरूपमा नेपाल भित्र्याइएको रु २० लाख मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो । भारतीय नम्बर प्लेटको सवारीको प्रज्ञापन–पत्र नभएको र को१झ २४४० नम्बरको सवारीमा कपडा लोड गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो ।
वरामद गरेको कपडा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय झापाले काँकरभिट्टाबाट रु २० लाख मूल्य बराबरको बिस्कुटसहित एउटा कन्टेनर नियन्त्रणमा लिएको थियो । रासस
Facebook Comments Box