Author: महेन्द्रनगर पोष्ट

बझाङ-बझाङमा जवरजस्ती करणी र लुटपाट गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बझाङ केदारस्यू गाउँपालिका वडा नम्बर ५ बगडी स्थित आखेथर खेतमा २०७८ चैत ४ गते बेलुकी ६ बजेर २५ मिनेटको समयमा नाम परिवर्तन (कमला) लाई चैनपुरमा जवरजस्ती तथा लुटपाट गर्न खोज्ने भारत पश्चिम बंगाल प्रान्त माल्दा जिल्ला घर भई हाल जिल्ला बझाङ बुंगल नगरपालिका अन्तर्गत रहेको कालङ्गा हाईड्रोपावरमा विजुलीको लाईन विस्तार गर्दै आएका बर्ष २९ को बिजय राजवंशी र सोही ठाउँका वर्ष २२ को सन्तान मुर्मु भन्ने सनातन मुर्मु समेत जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार दुवै जनाले जवरजस्ती करणी गरी सुनका गर गहनाहरु (नाकको नथीया , कानका…

Read More

कञ्चनपुर -प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुईजनालाई आज लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का २६ वर्षीय माया लुहार र वेदकोट नगरपालिका-७ का पदम ओड रहेका छन्। गड्डाचौकीस्थित ब्यारेक नजिक पैदल हिँड्दै गरेकी मायालाई शंका लागी चेकजाँच गर्दा पेन्टीभित्र प्लाष्टिकमा लुकाई छिपाई गरी राखेका दुईवटा पोका ८.३९ ग्राम लागु औषध बरामद भएको प्रहरी नायव उपरीक्षक शाहले बताए। मायासँगै हिँड्दै गरेका पदमलाई समेत चेकजाँच गर्दा ०.१७ ग्राम लागुऔषध र नगद २५ हजार रुपैयाँ बरामद भएको उनले बताए। पक्राउ परेका दुवैजनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

माली-मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएको मालीको सेनाले बुधबार बताएको छ । मालीको साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा मङ्गलबार अबेरसम्म भएका झडपमा देशको उत्तरपूर्व र मध्यक्षेत्रमा भएका आक्रमणमा यो हप्ता १६ सैनिकको मृत्यु भएको र १८ जनायो र १८ जना घाइते भएको उक्त आक्रमणमा इस्लामिक स्टेट समूहको सम्लग्नता रहेको पुष्टि गरिएको छ । आक्रमणमा ३७ विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो पैमानामा हतियारहरू जफत् गरिएको सेनाले बताएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीले छिमेकी बुर्किना फासो र नाइजरमा फैलिनुअघि सन् २०१२ मा देखा परेको जिहादी विद्रोहलाई…

Read More

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। बुधबार पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले नेताहरुलाई भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु को कहाँ खटिने भन्नेबारे किटान गरेरै निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्। त्यस्तै गैरसरकारी संस्थाका इन्चार्ज पार्वत गुरुङ अब चुनाव अवधिभर दोलखामा खटिनुपर्नेछ भने अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेल रामेछापमा गएर खटिनु पर्नेछ । त्यसैगरी प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्ने ओलीले…

Read More

डोटी– डोटीको दिपालयमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा आजबाट दिपायलस्थित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ भएको हो । सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले निःस्वार्थ सेवा गरेको भन्दै प्रशंसा गरेका छन् । उनले हिताधिकारीहरूको असीमित चाहना र आकांक्षाहरूको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको पनि बताए । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी ७ जिल्लामा बसोबास गर्ने करिब ६ सय ५० भूतपूर्व सैनिक तथा तिनका परिवारजन सहभागी थिए ।

Read More

धनगढी – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन् । धनगढी स्थित ५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पारे । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो । प्रधानसेनापति शर्माले भने, ‘संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईंहरुले ज्ञान र सीप…

Read More

कैलाली- धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन।बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन्। बुधबार दिउसो भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो। २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसंग प्रदेश नम्बर १ पराजित भएको हो। खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए। बुधबार दिउसो नै भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ। पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो। खेलका म्यान…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ। गोदावरी नगरपालिका ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो। जग्गा नाप जाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले सुभारम्भ गरेका छन। उनले केन्द्रमा सरकार विगठन भएर आयोग विगठन हुँदा काममा ढिलाई भएको भएपनि अब काम दु्रत गतीमा अगाडी बढाईने बताए। उनले अहिले पनि दक्ष प्राबिधिकको अभाव भएपनि त्यसलाई व्यवस्थापन गरिरहेको बताए। जग्गा नापीको सुभारम्भ कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापीको काममा सहयोग गर्न स्थानीयलार्य आग्रह गरिन्। उनले जग्गा नापीको काममा विवाद भए काममा ढिलाई हुन सक्ने…

Read More

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी (नेवि)संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्।  देउवाले काठमाडौंका दुजाङ शेर्पालाई नेवि संघ र पर्वतका विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन्। गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार देउवाले रिक्त पदमा नियुक्ती गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ। 

Read More

दाङ- दाङमा प्रहरीले आफू अपहरणमा परेको नाटक गरी झूटा अफवाह फैलाउने रुकुमका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-९ बस्ने २४ वर्षीय जनक देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।जिप्रका दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार देवकोटाले तुलसीपुर उपमहानगरपालिका-४ नयाँबस्तीस्थित हरिप्रसाद रिजाल सञ्चालक रहेको ड्रागन कृषि फर्ममा श्रीमती र एक छोरीसहित काम गर्दै आएका थिए। उनी चैत ६ गते तुलसीपुर बजार जान्छु भनी गएका थिए। करिब दिउँसो ४ बजेतिर उनकी श्रीमती पवित्रा देवकोटाको मोबाइलमा तपाईँको बूढा हामीसँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौँ।…

Read More