जनकपुर– अटोमेटिक पेस्तोलसहित जनकपुर धामबाट दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भई हाल जनकपुरधाम वडा नम्बर ४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम वडा नम्बर ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेक कुमार सिंह छन् ।
ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई प्रहरीले उनीहरुलाई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा शनिबार १ बजे राति फक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचको क्रममा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना मुद्दा शीकमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाइएको छ ।