Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकाकानूनी भएको रिट निवेदनमा छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने तय गरेको छ भने निर्वाचनमा फेरि उठ्न चाहने जनप्रतिनिधिले…

Read More

कैलाली – डोटीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए। डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको बस अलाडी स्थित मोहन्याल मन्दिर नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बसमा २२ जना सवार थिए। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनाका कारण भने खुल्न सकेको छैन।

Read More

कैलाली – ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्। धनगढीमा आजदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएका हुन्। पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। सो अवसरमा उनले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध…

Read More

दार्चुला – चैत महिना शुरू भएसँगै दार्चुलामा भिटौला पर्व शुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । चैत्र १ गते देखि चेलीबेटीलाई भेट्ने दिन शुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ । लेकमका इन्द्रदेव जोशीका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्वजस्तै…

Read More

काठमाडौँ – आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । बैङ्किङ ५, विकास बैङ्क १३२, फाइनान्स ५६, जलविद्युत् ८३, जीवन बीमा १६८, उत्पादन ३३, लघुवित्त ३३, निर्जीवन बीमा ४६ र व्यापार उपसमूह २८ अङ्कले बढे । अन्य ४२ र होटल तथा पर्यटन उपसमूह १३ अङ्क घटे । इमर्जिङ नेपालको मूल्य…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा १४७ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । नेपालमा अहिलेको अवस्थामा ३ हजार १३५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

कैलाली – आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको हो । गोदावरी नगरपालिकालाई अझ विशेषरूपमा हेरिन थालिएको छ । खासगरी, कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आमरूपमा देखिएको छ ।अहिले गोदावरी नगरको नेतृत्व गरिरहेको नेकपा एमालेबाट ३ जना मेयरका आकाक्षीं छन् । बर्तमान मेयर हरि सिहं साउँद, जिल्ला कमिटि सदस्य गणेश साउँद, २०७४ सालमा माओवादी केन्द्रको तर्फबाट मेयरमा चुनाव लडेका बर्तमान एमाले गोदावरी नगर कमिटि अध्यक्ष गोकर्ण भट्टले मेयरको आकाक्षां देखाएका छन् । नेपाली काग्रेंसले भने २०७४ सालको…

Read More

काठमाडौं – जिमी ग्रुप प्रालिले नयाँ ब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले बताए । कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ वाइन नेपाली बजारमा भित्र्याएको हो । ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीले जनाएको छ । जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको देशभर बजार व्यवस्थापन भने मस्टा ग्रुप प्रालिले गरेको छ । गुणस्तरीय वाइन…

Read More

कैलाली – कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो।रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् । सोमबार बिहान सात बजे लु-१ ख-८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप-०१००९-प-३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय रावल घाइते भएका थिए। रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो।

Read More

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले आज (सोमबार)पक्राउ गरेको हो । मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन बरामद गरेको प्रहरीले जनाएको छ । मेहरालाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

Read More