Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७४० जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभमा ४८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै त्यसअवधिमा नेपालमा कोही पनि संक्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमित ५ सय ९२ जना रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढे मात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो । सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उनले जोड दिए । कोरोनालगायत अन्य कारणबाट सङ्कटमा…

Read More

भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए । बुद्धकृष्णले भने, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या…

Read More

काठमाडौं – काभ्रेको बनेपा नगरपालिका वडा नं. २ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा एक जना घाइते भएका छन् । जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय मोहन विक रहेका छन् । नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ। बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको छ। सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ। तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो । त्यही बस्तु टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको गरेको छ । उनको उपचार…

Read More

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार भागबण्डामा रमाइरहेको तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सो आरोप लगाएका हुन् । पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको समेत आरोप लगाएका छन् । यस्तै, तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको उनको भनाइ छ । ‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ, उनको आरोप छ । तर…

Read More

काठमाडौं – नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने भएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार आइतबार नयाँ प्रधानमन्त्रीको मनोनयन हुने छ भने सोमबार मतदान हुने छ । राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज आइतबार दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गरिने र दिउँसो ३ बजेसम्म मनोनयन उपर छानबिन हुने जनाएको छ । उनले सोमबार बिहान ११ बजे संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल– एन) का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः रहेको बताइएको छ । यसअघि शनिबार अबेर…

Read More

काठमाडौं – निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको भनी नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न पदाधिकारीहरुको बैठक डाकेको छ । ‘हिजो काँग्रेस नेता शशाङ्क कोइरालाले अघिल्लो (प्रतिनिधिसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेस गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौँ।’ निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नबित्दै…

Read More

काठमाडौं – नेपाली सेनाले ५९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार एक कार्यक्रमको आयोजना गरी ती हतियार सशस्त्र प्रहरील बललाई हस्तान्तरण गरिएको थियो ।प्रधान सेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ती हतियार हस्तान्तरण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आज हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल ५ सय नाल र लाइट सपोर्ट विपन ९० नाल रहेको छ । ती हतियारलाई आवश्यक पर्ने उम्युनिशन लगायतका सामाग्री पनि हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र…

Read More

दार्चुला – दार्चुलाका नौ वटा स्थानीय तहमध्येको एक नौगाड गाउँपालिका विकास र समृद्धितर्फ उन्मुख हुँदै गएको छ । स्थानीय सरकार बनेपछि पालिकाले कृषी, शिक्षा, स्वास्थ्य र पुर्वाधार लगायतका क्षेत्रमा प्राथमिक्ताका साथ काम गरिरहेको छ।यो गाउँपालिकाको नेतृत्व नेकपा एमालेबाट निर्वाचीत प्रेम सिह धामीले गरिरहनुभएको छ। चुनावी प्रतिबद्वता र तीनको कार्यान्वयनको बिषयमा केन्द्रीत रहेर महेन्द्रनगर पोष्टले गरेको गरेको कुराकानीको सारसंक्षेप ः १– नौगाड गाउँपालिकामा कोरोना संक्रमणको अबस्था के छ?पछिल्लो समय संक्रमण दर घटेको छ । धेरैजसो बिरामी निको हुनुभएको छ। परीक्षणका क्रममा एकाध संक्रमित भएपनी त्यति बढी देखिएको छैन। यश मध्ये धेरैले आईसोलेशनको अबधी पूरा गरिसक्नुभएको छ। गाउँघरको अवस्था अब सामान्य बन्दै…

Read More

दार्चुला – दार्चुला  जिल्लाको सदरमुकाम खलंगा तथा महाकाली नगरपालिकाको नगरपालिका केन्द्र समेत रहेको बजार क्षेत्रभित्र सजावट गर्ने कार्यक्रम तय भयो ।  आर्थिक वर्ष २०७५/७६ मा महाकाली नगरपालिकाले तटबन्धमाथि अशोक जातको बिरुवा र खलंगा बजार क्षेत्रमा गमला राखेको थियो । नगरपालिकाले दुबै कार्यक्रमका लागि ५ लाख बजेट खर्च पनि गरेको थियो ।  सडक पेटी छेउछाउमा फूल रोप्ने भनेर गमलाको मूल्याकंन समेत गरियो । मूल्याकंनमा गमला तथा गमला स्टेन्ड ३० केजीसम्मको रहने भनेर निर्णय पनि गरियो ।तर उक्त कार्यक्रम लागु गर्न नगरपालिका सक्रिय रह्यो । जनप्रतिनिधि तथा कर्मचारीहरुले लापरवाहि गर्ने कामको समेत सुरुवात हुन थाल्यो । एक स्थानीयका अनुुसार नगर प्रमुख आफ्नो…

Read More