Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-आइतवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थान हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ। त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार देशमा अहिले पश्चिमी न्यून चापीय वायुको सामान्य प्रभाव रहेको छ ।

Read More

राम धामी,डडेल्धुरा-नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पुर्व सन्ध्यामा पार्टी एकतावद्ध हुनेगरि नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन। १४ औं राष्ट्रिय महाधिवेशन अघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताहरुले पार्टीलाई एकतावद्ध बनाउन दबाब दिँदै आएका छन। सातौं जिल्ला अधिवेशनका क्रममा क्रियासिल सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियासिल सदस्यहरुको सदस्यता विना कारण नविकरण नगरिएको भन्दै तत्कालिन जिल्ला कार्यसमितिले क्रियासिल सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो।…

Read More

ललित सामन्त, दार्चुला -झण्डै दुई दशकअघिसम्म दार्चुलाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो। गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मिन्थे। यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ। टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए। समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त। सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे।कहिले हुलाकी आउलान् र, समुद्रपारि रहेको छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको मालिकार्जुकी लक्ष्मी धामी बताउछन। उनी भन्छन, ‘गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो,…

Read More

काठमाडौं-प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएका १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ। तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ। नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल,…

Read More

बाजुरा-बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश गरेका छन्। शनिबार बाजुरा खप्तड छेडेदह गाउँपालिका-१ का वडा अध्यक्ष बीरबहादुर रावलले एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन्। उनले काँग्रेस नेता एवं खप्तड छेडेदह गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गराएको हो। रावल आगामि स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्ष लड्ने चर्चा रहेको छ।

Read More

कैलाली- मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियनको उपाधी जित्न सफल भएको हो। मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको छ। मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको २२ औं मिनेटमा दिनेशले फ्रि-किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन्।उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए ।तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई…

Read More

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयले भोली (आईतबार) एक दिन शोक विदा दिएको छ। विश्वविद्यालयमा कार्यरत सह–प्रशासक गोविन्दबल्लभ पन्तको निधनमा विश्वविद्यालयले शोक विदा दिएको हो। पन्तको निधनले विश्वविद्यालयमा ठुलो क्षति पुगेको समेत विश्वविद्यालयले जनाएको छ।मस्तिष्क रक्तस्राव भएर दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइराखेका पन्तको ५३ वर्षको उमेरमा उपचारको क्रममा धनगढी स्थीत निसर्ग अस्पतालमा निधन भएको हो।

Read More

दार्चुला-नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो दार्चुला जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपक राज विष्टलाई अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, दार्चुला शाखाको उपाध्यक्षमा तिलक प्रसाद चपाई महिला उपाध्यक्षमा गोविन्दी लोथ्याल सचिववमा लोकेन्द्र सिह धामी सह सचिवमा नरेन्द्र सिह महरा कोषाध्यक्षमा जमन सिह साहु सर्वसहमत रुपमा चयन गरेको हो। २०६२ साल जेष्ठमा ’राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल’ को स्थापना भएको थियो। र २०६५ साल असार ११ गतेका राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाललाई स्वास्थ्यकर्मीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनका रुपमा श्रम विभागमा दर्ता गरिएको थियो। २१ सदस्यीय जिल्ला कमिटी चयन भएको जिल्ला अध्यक्ष दिपक राज विष्टले…

Read More

कैलाली- धनगढीमा शनिबार युवाहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका छन्। धनगढीमा ६ दलसहितको संयुक्त मोर्चा आवद्ध युवाहरुले विरोध प्रदर्शन गरेका हुन्। धनगढी ट्राफिक चौराहबाट सुरु भएको विरोध र्याली पार्कमोड पुगेर समापन भएको हो। एमसीसी संसदद्बाट पारित भएपछि उनीहरुले आफूहरु सडक र विरोधमै रहेको बताएका छन्। एमसीसी नेपालको हित विपरीत रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका हुन्।

Read More

सुदूरपश्चिम-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय सहरी नीति २०६४ मा समयानुकूल सुधार गर्न जरुरी भइसकेको बताएकी छन्। धनगढीमा आज आयोजित राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी कार्यशालामा मन्त्री झाँक्रीले व्यवस्थित सहरको विकासका लागि समयसापेक्ष नीति आवश्यक रहेकामा जोड दिए। “पहाडबाट तराईतिर, ठूला सहरबाट साना सहरतिर बढ्दै गएको बसाइँसराइ चुनौतीका रूपमा देखिन थालेको छ”, उनले भनिन्, “नयाँ परिवेशमा कस्तो नीति बनाउँदा यी चुनौतीको सम्बोधन हुनसक्छ भनेर सहरी नीति र सहरी विकास ऐन तर्जुमा गर्न लागिएको छ। ”प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयले आफ्नो कार्यक्षेत्र घटाएर भए पनि समयानुकूल सहरी विकासको नीति ल्याउनुपर्ने बताए। उनले प्रदेशको भौतिक पूर्वाधार…

Read More