Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट अवैध सालको ६ गोलिया (५६.४९ क्युफिट) अन्दाजी २ लाख ८२ हजार ४५० मुल्य बराबरको काठ बरामद गरिएको हो। उक्त गोलिया इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ। गोलियालाई सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेत स्थित नहरमा डुबेर जाजरकोटको शिवमितास नगरपालिका–१ सल्ला गाँउका ४५ वर्षीय भुवन बुढाथोकीको आइतवार मृत्यु भएको हो। बुढाथोकी नहरको पानीमा डुवेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

धनगढी : टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा सहभागिता जनाउने छन् । उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । सन्दिपले वेष्ट इण्डिज पुगेर क्यान अध्यक्ष चतुरबहादुर चन्द र पारस खड्काको चरित्र हत्या नगर्न आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बिनाकारण चरित्र हत्या गरेको देखेर निराश रहेको बताएका छन् । यस्तो छ उनको प्रतिक्रिया !मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)…

Read More

काठमाडौँ : जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । ‘जारी आईसीसी पुरुष टी – २० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको…

Read More

धनगढी : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार साँझ करिब ४ः३० बजेको समयमा सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको विद्युत् ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा गम्भीर घाइते भएका थिए। ४१ वर्षीय बोहरालाई उनलाई उपचारको लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनास्थलमा पुगेका प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। बोहरा विद्युत् कार्यालयका कर्मचारी नभएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : बझाङमा यार्सा संकलन गर्ने क्रममा भिरबाट लडेर एक जना गम्भिर घाइते भएका छन । जिल्लाको साइपाल गाउपालिका वडा नम्बर १ का २० बर्षिय लक्ष्मण धामी यार्सा संकलन गर्ने क्रममा भिर बाट लडेर गम्भिर घाइते भएका हुन । उनि जेठ २७ गते बिहान साइपाल गाउपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उक्त बाटुलसेरा भिर बाट लडेर उनि गम्भिर घाइते भएको वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र धामिले बताए । उनलाइ सो भिर बाट स्थानीयले हिजो राती निकालेका थिए । यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेका धामिको एक हात भाचिनुका साथै टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।

Read More

काठमाडौं : विमानस्थल र सीमानाकास्थित अध्यागमनका काम गर्ने कर्मचारीलाई गृह मन्त्रालयले छुट्टै पोसाकको व्यवस्था गरेको छ । विमानस्थलमा तथा नाकामा अन्य कर्मचारीभन्दा फरक र स्मार्ट देखिने गरी नयाँ पोसाक स्वीकृत भएको हो । असार महिनादेखि अध्यागमनको फ्रन्टमा खटिने कर्मचारीले नयाँ पोसाक लगाउने अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले बताए । ‘अध्यागमनका कर्मचारीको सजिलै पहिचान होस् भनेर नयाँ पोसाकको व्यवस्था गरेका हौँ,’ निरौला भन्छन्, ‘साथै अध्यागमनलाई स्मार्ट बनाउने उद्देश्यअनुसार यसलाई कार्यान्वयनमा लगेका हौँ ।’ अध्यागमनमा कार्यरत सबै कर्मचारीको नाप लिएर सिलाउने काम भइरहेको विभागले जनाएको छ । नयाँ पोसाकमा दायाँतर्फ कर्मचारीको नाम र बायाँतर्फ अध्यागमन भनेर लेखिएको छ । गत १६ जेठमा गृहमन्त्रीस्तरीय निर्णयबाट नयाँ पोसाकको डिजाइन स्वीकृत…

Read More

काठमाडौँ : टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो । ओमानले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य टोलीले मात्र ३ विकेटको क्षतिमा ४१ बल अगावै पछ्यायो । टोलीका लागि ब्रान्डन म्याकमुलेन नायक बने । उनले मात्र ३१ बलमा ६१ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे । ओपनर जर्ज मुन्सेले २० बलमा ४१ रनको योगदान दिए । उनले २ चौका र ४ छक्का हिर्काए । माइकल जोन्सले १६ रन तथा म्याथ्यु क्रसले नटआउट रहँदै १५ रन…

Read More

काठमाडौँ : आज सोमबार, २८ जेठ २०८१ (१० जुन २०२४)। हेर्नुस् आजको राशिफल- मेष : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने। वृष : छोटो दूरीको लाभदायक यात्रा रहला। काममा लगनशील भइनेछ। दाजुभाइ तथा दिदीबहिनीले…

Read More

काठमाडौँ : अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ।  टस हारेर ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि २० ओभरमा १० विकेट गुमाउँदै १२० रनको लक्ष्य दिएको थियो। न्युयोर्कमा आइतबार राति भएको खेलमा लक्ष्य पछ्याएको पाकिस्तानले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ११३ रन मात्र जोड्न सक्यो। भारतको जितमा जसप्रित बुमराह नायक भए। उनले १४ रन दिएर पाकिस्तानको ३ विकेट झारे।

Read More