काठमाडौँ : अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ।
टस हारेर ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि २० ओभरमा १० विकेट गुमाउँदै १२० रनको लक्ष्य दिएको थियो।
न्युयोर्कमा आइतबार राति भएको खेलमा लक्ष्य पछ्याएको पाकिस्तानले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ११३ रन मात्र जोड्न सक्यो।
भारतको जितमा जसप्रित बुमराह नायक भए। उनले १४ रन दिएर पाकिस्तानको ३ विकेट झारे।
Facebook Comments Box