धनगढी : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार साँझ करिब ४ः३० बजेको समयमा सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको विद्युत् ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा गम्भीर घाइते भएका थिए।
४१ वर्षीय बोहरालाई उनलाई उपचारको लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनास्थलमा पुगेका प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
बोहरा विद्युत् कार्यालयका कर्मचारी नभएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box