धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन हिजो (आइतबार) काठमाडौंको कीर्तिपुरमा शुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन्। पार्टीले नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि अहिले माहौल एक्कासी तातेको छ। अखिलको हिजो बसेको १८ औं सचिवालय बैठकले नौ सदस्यीय पदाधिकारी, ५१ सदस्यीय सचिवालय सदस्य, १५१ केन्द्रीय कमिटी हलबाट निर्वाचित हुने र चार वटा आयोग (अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु) हुने निर्णय गरेको छ। यसबीच अब पदाधिकारीबाट भावी नेतृत्वका लागि सचिवबाट दीपक धामी, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, सुजन कडरिया मात्र उमेर हदका कारण…
Author: महेन्द्रनगर पोष्ट
दार्चुलाः सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ। कृषि ज्ञान केन्द्र, दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको हो। यस वर्ष पाँच हजार ९५५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए। गत वर्षको तुलनामा यसवर्ष ६५ मेट्रिक टन गहुँको उत्पादनमा वृद्धि भएको उनले बताए। गत वर्ष पाँच हजार ९५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ३५० मेट्रिक टन मात्रै उत्पादन भएको थियो। गत वर्षको तुलनामा यसवर्ष १ दशमलव ९२ प्रतिशत मेट्रिक टन गहुँको उत्पादकत्वमा वृद्धि…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। ‘सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो’ उनले भने, ‘उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ।’ नगरपालिका…
धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला कुल ३५ स्वर्ण पदक सहित प्रथम भएको छ। धनगढी रंगशालामा सम्पन्न प्रतियोगितामा कैलालीले १२ रजत र १० कास्य पदक समेत जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो। प्रतियोगितामा पहिलो स्थान हासिल गरेको कैलालीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। त्यस्तै, कञ्चनपुर जिल्ला १७ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो। कञ्चनपुरले नगद १५ हजार रुपैयाँ पुरस्कारसँगै ट्रफी र मेडल प्राप्त गर्यो। ७ स्वर्ण, ४ रजत र ११ कास्य पदक जितेको बझाङ जिल्ला तेस्रो भयो। उसले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो।…
धनगढी: कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा प्रहरी र एक महिलाबीच भएको भनाभन र हात हालाहालको घटना अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा ट्रेन्डिङमा रहेको छ। शनिबार दिउँसो भएको उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीको भूमिका र सर्वसाधारणको व्यवहारबारे समेत बहस सुरु भएको छ। घटनास्थलमा खिचिएको भिडिओमा राजकुमारी कुँवर शाह नाम गरेकी एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छिन्। स्कुटर भने एक नाबालकले चलाइरहेका थिए। सुरुमा ती महिलालाई एक हवल्दारले रोकेका थिए भने विवाद भएपछि सादा पोशाकमा ड्युटीमा रहेका नेपाल प्रहरीका सई यज्ञराज पन्तले लाइसेन्स नभएको नाबालकले स्कुटर चलाएको देखेपछि उनीहरूलाई रोकेका थिए। त्यतिबेला महिला र प्रहरीबीच विवाद चर्किँदै गयो। भिडिओमा ती महिलाले प्रहरीलाई…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आइतवार बिहान बसेको मन्त्री परिषद्को बैठकले बाम्का बजारका आगलागी पीडितलाई राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने बताएका छन्। उनले पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने निर्णय गरेको बताए। शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर…
धनगढी: विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार बिहान भेला परेको छ। कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो। कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए। सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार भेटिएको थियो।
धनगढी: धनगढीमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले पुष्टि गरे। उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेकाे सिंहले बताए। उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सिता कुस्मी घाइते भएकी छन् ।उनकाे पनि माया…
कञ्चनपुरः बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ। कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए। दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ। “पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, सूचना अधिकारी जोशीले भने, “बजेट अभावले काम प्रभावित भएको…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशसभा सदस्यहरूलाई घुमाउरो बाटोबाट बजेट विनियोजन गर्ने तयारी गरेको छ। सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले बजेट उपलब्ध गराउने योजना बनाएको हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक सांसद छन्। सांसदहरूको संख्याका आधारमा सरकारले झण्डै २ अर्ब २३ करोड रुपैयाँ सांसदहरूका लागि छुट्याउन लागेको स्रोतले जनाएको छ। यसअघि चालु आर्थिक वर्ष २०८१/८२ मा पनि सरकारद्वारा प्रत्यक्ष सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोडका दरले बजेट दिइएको थियो। त्यसअनुसार अघोषित रूपमा १ अर्ब ७० करोड रुपैयाँ सांसदहरूकै…