काठमाडौं: लामो रस्साकस्सीपछि नेपाल प्रहरीको डीआईजी बढुवा हिजो मध्यराति गरियो। जसमा २६ जना प्रतिस्पर्धा भएपनि रिक्त रहेक आठ दरबन्दीमा बढुवा सिफारिस गरिएको छ। हिजो गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो। तर चाखलाग्दो कुरा भने बढुवा समितिका सदस्य सचिव एआईजी भीमप्रसाद ढकाललाई चाईना पठाएर बढुवा सिफारिस गरिएको छ। जबकी ढकाल मानवस्रोत विकास विभागका एआइजी अर्थात बढुवा समितिको सदस्य सचिव हुन्। उनै ढकाल चाइना गएको मौका छोपेर अर्कै बिभागका एआइजी टेकप्रसाद राईलाई साक्षी किनारामा राख्दै बढुवा सिफारिस गरिएको हो। जसका लागि गृहमन्त्री रमेश लेखकलगायत सबै उच्च राजनीतिक नेतृत्वसँग सहमति भएबमोजिम बढुवा सिफारिस गरिएको हो। त्यसमा २६ जना प्रतिस्पर्धीमध्ये…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीमा कार्यरत एकजना सईसहित २८ कर्मचारी सम्पर्कविहीन बनेका छन्। केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सोमबार ७ दिने सूचना निकालेको छ। ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कार्यालयले जनाएकाे छ।
काठमाडौं: प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा नेपाल प्रहरीका विवादित प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिएको छ। बहालवाला एसपी थापाकै पूरा ठेगाना नखुलेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई जोगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर उनको संलग्नता देखिएको भन्दै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीलाई आइतबार निर्देशन दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रवक्ता सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले चार जनामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको बताए। ताज इस्लामले बयानका क्रममा प्रहरी उपरीक्षक कमल थापा, भगवती थापा, अनिसा…
कञ्चनपुरः जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ। बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन्। ‘दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ’, उनले भने, ‘साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ।’ हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन्। ‘हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ’, ठगीका श्रीमती पार्वतीले भनिन्, ‘मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर…
काठमाडौं: नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। हिजो आइतबार राति ८ जना एसएसपीलाई बढुवा सिफारिस गरिएको हो। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्। जसअनुसार पहिलो नम्बरमा ध्रुबराज राउत, दोस्रोमा भोलाबहादुर रावल, तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धिविक्रम शाह, पाँचौमा सुशील सिंह राठौर, छैटौंमा उमाप्रसाद चतुरवेदी, सातौंमा हिमालय…
धनगढी: नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए। जसअनुसार पहिलो नम्बरमा ध्रुबराज राउत, दोस्रोमा भोलाबहादुर रावल, तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धिविक्रम शाह, पाँचौमा सुशील सिंह राठौर, छैटौंमा उमाप्रसाद चतुरवेदी, सातौंमा हिमालय कुमार श्रेष्ठ र आठौंमा डम्बर बहादुर बिक रहेका छन्। योपटक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्। …
धनगढी: कैलालीको धनगढीमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन्। बझाङ घर बताउने ६ वर्षीय बालक धनगढी उपमहानगरपालिका–३, मित्रनगरनजिकै भेटिएको प्रहरीले जनाएको छ। कालो टोपी, सर्टपाइन्ट र चप्पल लगाएका ती बालकलाई धनगढीको विशालनगर प्रहरी कार्यालयमा राखिएको छ। उनलाई चिन्ने महानुभाव वा आफन्तलाई सम्पर्क नम्बर ९८४८६६२५७३ वा ९८६८५३५१५९ मा फोन गर्न आग्रह गरिएको छ।
धनगढी: धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ। हिजो (शनिबार) प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो। ग्यारेजमा राखिएका ती मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। जसको नम्बर प्लेट एकनासको छ भने धनगढीकै स्थानीयको सो मोटरसाइकलहरु रहेको खुलेको छ।
काठमाडौँ: नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २२९ जना वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) बमोजिम २२९ जना वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो।
काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्वन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पेश गरिएको छ। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्वन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतीपछि प्रहरी विधयेक मन्त्रीपरिषद्मा पेश गरेको हो। गृह मन्त्रालय कानून महाशाखाका प्रमुख सहसचिव भरत मणि रिजालले प्रहरी ऐन २०१२ मा व्यवस्था भएका कानूनी प्रावधानहरुलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्वन्धमा विभिन्न मितिमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको संविधान…