धनगढी: कैलालीको धनगढीमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन्। बझाङ घर बताउने ६ वर्षीय बालक धनगढी उपमहानगरपालिका–३, मित्रनगरनजिकै भेटिएको प्रहरीले जनाएको छ। कालो टोपी, सर्टपाइन्ट र चप्पल लगाएका ती बालकलाई धनगढीको विशालनगर प्रहरी कार्यालयमा राखिएको छ। उनलाई चिन्ने महानुभाव वा आफन्तलाई सम्पर्क नम्बर ९८४८६६२५७३ वा ९८६८५३५१५९ मा फोन गर्न आग्रह गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ। हिजो (शनिबार) प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो। ग्यारेजमा राखिएका ती मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। जसको नम्बर प्लेट एकनासको छ भने धनगढीकै स्थानीयको सो मोटरसाइकलहरु रहेको खुलेको छ।
काठमाडौँ: नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २२९ जना वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) बमोजिम २२९ जना वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो।
काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्वन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पेश गरिएको छ। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्वन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतीपछि प्रहरी विधयेक मन्त्रीपरिषद्मा पेश गरेको हो। गृह मन्त्रालय कानून महाशाखाका प्रमुख सहसचिव भरत मणि रिजालले प्रहरी ऐन २०१२ मा व्यवस्था भएका कानूनी प्रावधानहरुलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्वन्धमा विभिन्न मितिमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको संविधान…
बाजुराः बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो जिल्लाको हिमाली गाउँपालिका–१ खकरामा विद्युतको लाइन तान्न रुख काट्ने क्रममा रुखले च्यापिएर सोहि स्थानका ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो। २ जना घाइते भएका छन्। ४८ वर्षीय सिद्धपुरी रोकायाको अवस्था गम्भिर रहेको छ। ३० वर्षीय पर्मलाल सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। युनास्थित कादुरी जलविद्युत आयोजनाको लाइन तान्न सल्लाको रुख काट्ने क्रममा यस्तो घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए। उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि अस्पताल ल्याउन हेलिकप्टरको पहल भइरहेको छ। बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा…
काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फर्किएका छन्। पाँच दिने नेपाल भ्रमण पूरा गरी उनी आज बिहान १० बजे भूटान एयरलाइन्सको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनको बिदाई गर्न नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी विमानस्थल पुगेका थिए। सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलको नेतित्व गर्दै मङ्सिर ५ गते काठमाडौँ आइपुगेका थिए। भ्रमणका दौरान उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै पशुपतिनाथ, मुक्तिनाथलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन पनि गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलबाट द्विवेदीले मानार्थ सेनापतिको पदवीसमेत ग्रहण गरेका थिए।
काठमाडौं: नेपाल प्रहरीभित्र बदनामको उपमा पाएकी निलम्बित एवं फरार इन्सपेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। निकटस्थ स्रोतका अनुसार उनी नेपालभित्रै प्रहरी सेटिङमा लुकेर बसेकी छन्। उनीविरुद्ध दसैं अगाडि नै पक्राउ पूर्जी जारी भएको थियो। तर उनी पक्राउ नपर्दा बेलाबखत फरारै रहेको अवस्थामा उनले प्रहरी, प्रशासनलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा सक्रियता देखाएपनी पछि भने चुप बसिन्। उता प्रहरीले भने सिआईबीमार्फत अनुसन्धान भ्याएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा नै दायर भएको छ। उनीमाथिको अनुसन्धान सकिएर फाइल जिल्ला सरकारी वकिल कार्यालयबाट अदालतमा पुगेर मुद्दा दायर भएको हो। उनी मुछिएको हनि ट्रयापिङ प्रकरणमा फरार शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको बताइएको…
धनगढी: कैलालीमा दुई युवती मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा दुई युवतीले मृत भेटिएका हुन्। घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षकी भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरीक्षक डिबी साउँदले घरनजिक जङ्गलको किनारमा रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जानकारी दिए। यस्तै, घोडाघोडी नगरपालिका–५ बनखेत बस्ने २१ वर्षीया सबिता चौधरी पनि मृत फेला परेकी छिन्। आफ्नै घरमा शनिबार दिउँसो मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ। अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
डडेल्धुरा: आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ। कर अधिकृत र नायब सुब्बाको अभावमा सेवा प्रवाहमा समस्या भएको हो। कार्यालयमा हाल १० जना कर्मचारीको दरबन्दी रिक्त छ। एक उपसचिव, तीन कर अधिकृत, पाँच सुब्बा र कम्प्युटर अधिकृतलगायत कर्मचारीको पद रिक्त रहेको छ। कार्यालय प्रमुखको चार महिनाअघि सरुवा भएपछि कार्यालय निमित्तकै भरमा चलिरहेको छ। उक्त कार्यालयले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ।
काठमाडौं: एकताका सरकारबाहिर हुँदा सडकमै ओर्लिएर जिल्लाबासी निर्मला पन्तको न्याय माग गर्ने नेता रमेश लेखक हाल सरकारको गृहमन्त्री पदमा छन्। यानिकी उनी आफैं न्याय दिलाउने स्थानमा छन्। तर, उनको त्यो न्याय माग र अहिलेको न्याय दिलाउने स्थानमा गएपछिको लोली र बोलीको भने कुनै मिलाप छैन। उनले पहिले हत्यारा पत्ता लगाउन नसक्नुलाई असफलता भन्दै तत्कालीन गृहमन्त्रीलाई जिम्मा लिन सुझाव दिएकोमा अहिले आफैं भने अनुसन्धान जारी छ भन्दै टार्ने परिस्थितिमा छन्। उनलाई गृहजिल्लाकी पन्तलाई न्याय दिलाउन नसक्नु नै निल्नु न ओकल्नु बनिरहेको छ। अस्तिमात्रै गृहजिल्ला कञ्चनपुर पुगेर धनगढी फर्किएर्पछि लेखकले अनुसन्धान जारी छ भन्ने रेडिमेड जवाफ दिएर पन्छिए। बिहीबार धनगढीमा प्रेस युनियन…