Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि सञ्चालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायब निरीक्षक २१ जना र प्रहरी सहायक…

Read More

धनगढीः डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जना पक्राउ परेका छन्। ठगी सम्वन्धि मुद्दामा निर्माण व्यवसायी संघका उप–महासचिव शिव खड्का र चेत खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई तीनदिन अघि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनीहरु विरुद्ध सम्पत्तिको अपराधिक दुरुपयोग अर्थात ठगीको मुद्दा परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सबै क्षेत्रलाई समेटेर समानुपातिक हिसाबले बजेट ल्याएको बताएका छन् । शनिबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको बजेटबारे आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले विगतमा भन्दा राम्रो र सन्तुलित बजेट ल्याएको दाबी गरेका हुन् । ‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएका छौँ,’ पालले भने, ‘यो बजेट पहिले भन्दा राम्रो हो की भन्ने लागेको छ ।’ उनले कानुनी हिसाबले नमिल्ने, दोहोरो भएका बाहेक विषयगत मन्त्रालयहरुले सिफारिस गरेअनुसारकै…

Read More

धनगढीः बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्। जिल्लाको सिगास गाउँपालिकास्थित भूवनेश्वरी माविका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले केही दिन अगाडि कक्षा ९ मा अध्ययनरत छात्रा सँगितालाई कुटपिट गरेका हुन्। धामीको कुटपिटबाट घाइते सँगितालाई डडेल्धुरा अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर उनको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। शौचालय जाँदा प्रधानाध्यापक धामीले कुटेर छोरी घाइते भएको उनका ठूल्बबा जगदिश धामीले बताए। उनका अनुसार अहिले आफ्नी घाइते छोरीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीका सहोदर भाईसमेत रहेका प्रधानाध्यापक धामी विगतदेखि नै विवादित मान्छे हुन्। पहिलेदेखि कयौंपटक प्रहरी फन्दामा परेका उनले अहिले पनि उपचार खर्च…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा यौनधन्दा मौलाउदै गएको पाइएको छ। केही समययता प्रहरीले छापा हान्ने क्रममा दिनहुँ यौन क्रियाकलापमा संलग्न युवायुवतीहरु समातिने क्रम जारी छ। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले हिजो (शनिबार) मात्र ४ जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया रिङरोड स्थित न्यू अपि सुदूरपश्चिम होटलबाट उनीहरूलाई समातिएको हो। होटल मालिकसहित ४ जनालाई अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा फेला पारेर समातिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा एक युवक लागू औषध (खैरो हेरोइन) सहित समातिएका छन्। हिजो शनिबार कैलालीको धनगढी उप-महानगरपालिका- ३ भन्सार ब्यारेल स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई समातेको हो। यसरी समातिनेमा बैतडीको पाटन नगरपालिका-८ बस्ने २२ वर्षीय गणेश महरा रहेका छन्। उनलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट २ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन भेटिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डा. नेत्रबहादुर कार्कीलाई गृह मन्त्रालयले ७ दिने सूचना जारी गरेको छ । लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएको जनाउँदै विभागीय कारबाहीका लागि गृहमन्त्रालयले सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डिएसपी डा. कार्कीलाई स्पष्टीकरण पेश गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।

Read More

काठमाडौँ : काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।

Read More

काठमाडौँ : नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह…

Read More

धनगढीः धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा रहेको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो।  स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो। बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ। गंगादशहरा मेलामा भारतको उत्तर प्रदेशबाट सयौंको संख्यामा पर्यटकहरु दर्शनकालागी बेहडाबाबा पुग्ने गर्दछन् ।  बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ।

Read More